यो वर्ष तपाइँले छुटाउनै नहुने ग्याजेट


सन् २०१२ प्रविधि प्रेमीका लागि आधुनिक प्रविधिका ग्याजेटहरुको वर्ष बन्दैछ । धेरै कम्पनीहरुले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्दैछन् जसले तपाइँको जिवनलाई अझ सहज बनाउनेछन् । यहाँ यो वर्ष सार्वजनिक हुने केही सुन्दर ग्याजेटहरु प्रस्तुत गरिएको छ ।
· एप्पल आइप्याड थ्री : यो वर्ष धेरैजसो बिजनेसम्यानहरुको हातमा एप्पलको आइप्याड थ्री हुनेछ । यसको स्त्रिmन रिजोलुसन २०४८ गुणा १५३६ पिक्सेल हुनेछ जुन आइप्याड टू को भन्दा ६ गुणा बढि हो । साथै यसमा क्वाड कोर ए फाइभ प्रोसेसर, एलइडी फ्लास सपोर्ट क्यामेरा, चिप्स तथा एस डी कार्ड स्लट समावेश हुनेछ ।
· एप्पल आइफोन फाइभ : यो विद्यमान मोडल भन्दा आधा इन्च लामो, केही चौडा र अझै पातलो हुनेछ । यसमा फाएर प्रुफ तथा वायरलेस चार्जिङ, अझ बढि इन्टरनल मेमोरी, मोबाइल पेमेन्ट सर्भिस तथा फोर जी नेटकर्वलाई सपोर्ट गर्ने हुनेछ ।

· क्यानोन फाइभ डी मार्क क्यामरा : यसमा २१ मेगापिक्सेल रिजोलुसन, ओएलइडी स्त्रिmन, ब्याट्री अझै मजबुत, फोर इमेज प्रोसेसर, तथा ४ः२ः२ भिडियो रेन्ज हुनेछ । यस्तै डष्ट रिडक्सन सिस्टम सहितको फूल प|mेम सेन्सर यसमा हुनेछ ।
· स्मार्ट स्क्यान माउस : यो वर्ष एलजीले स्क्यान गर्ने माउस ल्याउँदैन । एलएसएम-१०० स्मार्टस्क्यान माउसमा बिल्ट इन स्क्यानर छ । यसलाई कुनै सतहमा लगेर चलाउँदा सम्बन्धित इमेज स्क्यान गर्छ ।
· एप्पल एचडी टेलिभिजन : एप्पलको रियल एचडी टेलिभिजनमा थ्री डी, एलइडी र इन्टरनेट कनेक्टिभिटी बाहेक इन्टिग्रेटेड क्यामेरा, रिमोट कन्ट्रोलको ठाउँमा आइफोन फोर एसको लेटेष्ट फिचर, सिड वायस कन्ट्रोल र स्टोरेजका लागि आइक्लाउडजस्ता फिचर हुनेछन् ।
· सामसुङ ग्यालेक्सी एस-थ्री : यो क्वाड कोर प्रोसेसर सहितको स्मार्टफोन हुनेछ । यसको स्त्रिmन रिजोलुसन र डिस्प्ले पनि अत्याधुनिक हुनेछ ।
· न्यू म्याकबुक एयर : एप्पलको म्याकबुक एयर अन्तरगत यो वर्ष नयाँ परिमार्जन सहितको ग्याजेट बजारमा आउनेछ ।
· त्यस्तै यो वर्ष बजारमा आउने अन्य अत्याधुनिक र उपयोगी ग्याजेटमा सोनीको एक्सपेरिया प्ले, डिभीडी प्लेयर्सलाई विस्थापित गर्ने ब्लु रे प्लेयर्स, नोकिया लुमिया-९००, विन्डोज-८, नेक्सस ट्याब्लेट लगायतका रहनेछन् ।
               source :onlinekhabar.com

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):