गुगलका कार्यकारी प्रमुख वर्षको उत्कृष्ट हाकिम

सन् २०११ सर्च इन्जिन गुगलका लागि ठूलो परिवर्तन र प्रगतिको वर्षको रुपमा रह्यो । यहीँ वर्ष गुगल प्लस को सुरुवातसँगै यसले स्थापित सामाजिक संजाल फेसबुकलाई टक्कर दिन थालिसकेको छ । गुगलको यस्तो प्रगतिको श्रेय भने यसका युवा प्रमुख कार्यकारी लेरी पेजलाई जान्छ । उनको यहीँ सफलताका लागि लेरीलाई सन् २०११ को उत्कृष्ट हाकिम वा बोस अफ दी इअर घोषणा गरिएको छ । इन्भेस्टर विजनेस डेली ले लेरीलाई बोस अफ दी इअर घोषणा गरेको हो ।
किन दिइयो उनलाई यो उपाधि ?
गुगल कम्पनीको व्यवस्थापन ढाँचामा व्यापक परिवर्तनका साथै गुगल प्लसको सुरुवात र मोटोरोला मोबिलिटीलाई सँगै लगेको तथा गुगलको आम्दानी ३३ प्रतिशतले बढाएको भन्दै उनलाई वर्षको उत्कृष्ट हाकिम घोषणा गरिएको हो । लेरीले सन् १९९८ मा स्टेनफोर्ड विश्वविद्यालयमा विद्यावारिधी गर्दै गर्दा आफ्ना साथी सर्गेइ बि्रनसँग मिलेर गुगलको स्थापना गरेका थिए ।

१२ वर्षको उमेरमै कम्पनी खोल्ने सपना थियो
लेरी पेजका आमाबुवा कम्प्युटर साइन्सका प्राध्यापक थिए । त्यसैले लेरीलाई पनि कम्प्युटर प्रति ६ वर्षको उमेरदेखि नै रुची बसेको थियो । उनले ६ वर्षको उमेरमै कम्प्युटर खोलेर हरेक पाटपुर्जाले गर्ने कामको अध्ययन गर्न सुरु गरेका थिए । आफुलाई सानै उमेर देखि नै केही आविष्कार गर्ने चाहना उत्पन्न हुने गरेको उनी बताउँछन् । १२ वर्षको हुँदा आफुले कुनैबेला आफ्नै कम्पनी खोल्ने सपना उनले देखेका थिए । लेरी पेज आफ्नो सफलताको श्रेय गुरु टेरी विनोग्राडलाई दिन्छन् ।
लेरी पेजको परिचय
नाम : लेरी पेज
उमेर : ३८ वर्ष
पेशा : गुगलको सस्थापक र वर्तमान कार्यकारी प्रमुख
देश : अमेरिका
सन्तान : १ छोरा




0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):