नायक राजेश हमाल अब सम्पादक

                                                                             
अंग्रेजीमा स्नातककोत्तर गरेका नेपाली सिनेमा क्षेत्रकै चर्चित नायक राजेश हमाल अब पत्रकार बन्ने भएका छन् । उनी, कुनै चलचित्रमा पत्रकारको भुमिकामा देखिन लागेको नभई वास्तवमै पत्रकार नै बन्न लागेका हुन् । उनलाई एक दैनिक राष्ट्रिय पत्रिकाले यो प्रस्ताव गरेको हो । यसमा हमालले स्वीकृती पनि जनाईसकेका छन् ।
नायक हमालले अब समाचार पत्रिकामा पढ्ने मात्र छैनन् । यसको सम्पादन समेत गरेर कुन छाप्ने र कुन नछाप्ने भनि छुट्टाउने समेत अधिकार पाएका छन् । यसका लागि हमाललाई कान्तिपुर पव्लिकेशनले अंग्रेजी राष्ट्रिय दैनिक द काठमाण्डु पोष्टमा सम्पादकको जिम्मेवारी दिने भएको हो ।  काठमाण्डु पोष्टले शुरुवात गर्न लागेको सेलिब्रेटी सम्पादक अन्तर्गत हमाल फेब्रुअरी महिनाका लागि यो पत्रिकाको सम्पादक बन्नेछन् ।
उनलाई काठमाण्डु पोष्टले ‘ईडिटर अफ द मन्थ’को रुपमा राख्न लागेको हो । जसमा नायक हमालले दैनिक आउने समाचारलाई सम्पादन गरी प्रकाशन योग्य हुने र नहुने छुट्टाउनेछन् । यसका लागि सहमती भैसकेको हमालका सहयोगी चीरञ्जीवि आचार्यले अनलाइनखबरलाइ जानकारी दिए । नयाँ भूमिकाबाट नायक हमाल पनि निक्कै सन्तुष्ट रहेको बुझिएको छ । केही समय अघि कान्तिपुर टेलिभिजनमा वाईवाइ क्वीज हि्वज सञ्चालन गरेका हमाल अब सम्पादक समेत बन्ने भएका हुन् ।

source: http://onlinekhabar.com/

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):