सम्पर्कपछि गफिँदैनन् पुरुष

                                         सम्पर्कपछि गफिँदैनन् पुरुष



    - यो एउटा समस्या जस्तो लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । दम्पती यसबारे सचेत भए भने यो ठूलो कुरै होइन । सहवासलगत्तै दम्पतीबीच गफगाफ कति महत्त्वपूर्ण छ भन्नेबारे यौन विशेषज्ञको विचार फरक-फरक हुन सक्छ । तर सबै यसमा सहमत हुन्छन्- यौन सम्पर्कपछिको कुराकानीले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।
    यो कुरो विशेषतः महिलाको पक्षमा धेरै महत्त्वपूर्ण छ । सामान्यतः पुरुषहरू यौन समागमको केही समयपछि नै फुसफुसी निदाउने गर्छन् । सहवासपछि पुरुषको शरीरमा हुने रासायनिक परिवर्तन यसको एउटा कारण हुन्छ । तर सानै अभ्यासले पनि यो बानीमा नियन्त्रण गर्न सकिन्छ ।
    हालैको सर्वेक्षण अनुसार, धेरैजसो महिला आफ्ना साथी वा श्रीमान्सँग रिसाउनुको कारण हो- आफ्ना साथी वा श्रीमान्लाई उनीहरूसँग होइन, यौनसँग मात्र प्रेम छ । यसको कारण सोध्दा सर्वेक्षणमा अधिकांश महिलाले गुनासो गरे, 'मेरा पार्टनर सहवासपछि तुरन्त सुत्ने गर्छन् । तिनको यस्तो व्यवहारले तिनका लागि हाम्रो कुनै महत्त्व छैनजस्तो लाग्छ ।'
    के यस्तो सबै पुरुषसँग हुन्छ ? अनुसन्धान अन्तर्गत एक सय पुरुषबीच गरिएको सर्वेक्षणमा धेरैले यो प्रश्नको जवाफ दिन आलटाल गरे । तर धेरैजसो पुरुषले यौनसम्पर्कपछि श्रीमतीसँग कतिन्जेल कुरा गरियो वा गरिएन, यसबारे थाहा नपाएको बताए । समागमपछि तुरुन्त निद्रा लाग्ने गरेको उनीहरूले स्वीकार गरेका थिए ।

    अनुसन्धान अनुसार, यौनसम्पर्कका बेला पुरुषको शरीरमा अक्सिटोसिन हार्मोनको स्रावमा वृद्घ िहुन्छ । यस्तो स्रावले आरामको अनुभव गराउँछ र त्यसपछिको प्रोलेक्टिनको स्रावले उनीहरूलाई निद्रा लगाउँछ । तर अलि अभ्यास र चाहनाले यसमा नियन्त्रण गर्न सकिन्छ । सर्वेक्षणमा पुरुषहरूले यौनपछि तुरुन्त अर्को कोल्टे फेरेर नसुतियोस् भनेर निकै ध्यान राखेको बताए । सुत्नुको साटो उनीहरू ढल्केर बस्दा रहेछन् र श्रीमतीसँग अलि बेर कुरा गर्दा रहेछन् ।
    यौन र दाम्पत्य जीवन
    दाम्पत्य जीवन यौनमा मात्र आधारित हुन्छ भने ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । हालैको अनुसन्धान अनुसार, जीवनका लागि यौनजत्तिकै आवश्यकता प्रेम र उदारताको पनि हुन्छ ।
    सुखी दाम्पत्य जीवनका लागि प्रेम र उदारताको प्रदर्शनले समेत धेरै महत्त्व राख्छ । यसैले समय-समयमा आपmना जीवनसाथीलाई उपहार दिने गर्नुस्, तीप्रति विनम्र रहनुस् । आपmना साथीको चासो राख्नुस्, सँगसँगै समय बिताउनुस् । यति मात्र नभई, केही समयको अन्तरालमा घुम्नसमेत जानुस् ।
    अनुसन्धानकर्ताहरू १ हजार ४ सय दम्पतीमा सर्वेक्षणपछि उपर्युक्त निष्कर्षमा पुगेका हुन् । सुखी दाम्पत्य जीवनका लागि उनीहरूले पाँच तत्त्वको सूची पनि बनाए, जसअनुसार यौन सन्तुष्टि सबैभन्दा माथि रह्यो । त्यसपछि आए सम्बन्धमा प्रतिबद्घता, उदारता तथा बच्चाप्रति सकारात्मक दृष्टिकोण ।
                    source:www.ekantipur.com

    0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):