
खगोलविद्हरुले पछिल्लो खोज सौर्यमण्डल बाहिरका ग्रहहरुमा गरिएको खोजमध्ये अहिलेसम्मकै निकै महत्वपूर्ण खोज रहेको दाबी गरेका छन् । अध्ययन टोलीका प्रमुख तथा क्याम्ब्रिज विश्वविद्यालयको खगोलिय भौतिक विज्ञान केन्द्रका वैज्ञानिक डाक्टर प|mान्कोइस प|mेसिनले पृथ्वीजस्ता ग्रहहरु पत्ता लगाउने विषयमा यसले नयाँ अध्याय सुरु गरेको बताए ।
नयाँ पत्ता लागेका ग्रहहरुमा तापक्रम निकै उच्च रहेकाले तत्काल जिवनको सम्भावना भनेको नरहेको उनको भनाइ छ । तर कुनैबेला ती ग्रह आफ्नो सूर्यभन्दा धेरै टाढा रहेकाले त्यसबेला ती ग्रहमा तरल पानी रहेको उनले बताए । अहिले पृथ्वीको आकारका ती ग्रहमा विगतमा पृथ्वीको जस्तै तापक्रम र जिवको अस्तित्व रहेको हुनसक्ने उनको दाबी छ । यी दुइ ग्रहको नाम केप्लर २० एफ र केप्लर २० इ राखिएको छ ।
source:onlinekhabar.com
0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):
Post a Comment