बेलायतको एक सांस्कृतिक कार्यक्रममा भाग लिन नेपालबाट गएका कलाकारहरु आयोजकको सम्पर्कमा नपुगी भागेका छन्।‘कर्नवाल इन्टरनेशनल मेल भ्वाइस कोरल फेष्टिभल’मा भाग लिन नेपालबाट गएका दश जना कलाकार बिहिवार बिहान बेलायतको हिथ्रो बिमानस्थलबाटै बेपत्ता भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
काठमाण्डौंको नेपालय लोक कला मञ्चबाट गएका ती कलाकारमध्ये करिव दशवटा नेपाली चलचित्रमा संगीत भरेका संगीतकार लक्ष्मण शेषसमेत रहेको बताइएको छ । नेपालबाट कलाकारका रुपमा पठाइएका दशमध्ये शेषसहित चार जना कलाकार र अन्य ६ जना कलाकारका भेषमा पठाइएका गैरकलाकार भएको बताइएको छ ।
यसै साता हुन लागेको ६० देशका ३ हजार ५ सय बढी लोक कालाकार सम्मिलित सो महोत्सवका आयोजक नेपाली कलाकार लिन बिमानस्थल आएपनि फेला पार्न नसकेपछि रित्तै फर्किएका थिए । उनीहरु बिहान साढे सात बजे बिमानस्थलबाट बाहिरिएको भएपनि अहिलेसम्म आयोजकको सम्पर्कमा पुगेका छैनन् । सुरुमा त नयाँ ठाउँ भएकाले कहाँ जाने भन्ने थाहा नभएर नेपालीहरु अलपत्र परेकी भन्ने लागेको रहेछ आयोजक डेभिड पिटर्सलाई । तर, जव नेपालीहरु अध्यागम हुँदै बिमानस्थलबाट बाहिरिएको र जानीबुझि भागेको थाहा पाए तव उनले प्रहरी र अध्यागमन अधिकारीहरुलाई नेपाली भागकोबारे जानकारी गराए । अहिले प्रहरीले हराएका नेपालीहरुको खोजी र अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रहरीले भागेका नेपालीहरु कुन भिसामा बेलायत आएका हुन भन्ने अनुसन्धान गरिरहेको छ । पर्यटक भिसामा आएका भए उनीहरु आयोजकको सम्र्पकमा नपुगेपनि अपराध गरेको मानिनेछैन । तर, फेष्टिवलमा काम गर्ने प्रयोजनले आयोजकको प्रायोजनमा आएको भए उनीहरुलाई कारवाही गरिने छ ।
नेपालीहरु बिमानस्थलबाटै गायव भएको समाचारले अन्तराष्ट्रिय संचारमाध्यमहरुमा चर्चा पाएको छ भने नेपालीहरुको बेइज्यत भएको छ ।
0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):
Post a Comment