आपसी सम्बन्धको व्यवस्थापन
समाधान
पैसालाई सम्बन्धमा बराबरी गर्ने माध्यम वा आधिपत्य जमाउने साधनका रूपमा लिनुहुँदैन ।
पैसाको उपयोग कसरी गर्ने भन्ने विषयमा आपसी छलफल अनुरूप निर्णय लिनुपर्छ ।
तिम्रो र मेरो पैसाको प्रश्न उठ्नुपूर्व नै साझा खाता सञ्चालन गर्नु राम्रो हुन्छ ।
एकअर्काको आय, कर्जा, बैंक वा क्रेडिट कार्ड, विवरण लुकाउनुहुँदैन ।
बिमा, लगानी योजना आदिमाथि विचारविमर्श गर्नुपर्छ ।
यदि दम्पतीले पैसासित जोडिएका दायित्वका बारेमा आपसी सल्लाह गर्छन् र पैसा खर्च गर्दा एकअर्कासित विमर्श गर्छन् भने पैसा आपसी सम्बन्धकाबीच समस्या बन्दैन ।
अविश्वास ः आपसी विश्वास सम्बन्धको बलियो र सबैभन्दा महत्त्वपूर्ण आधार हो । आफू गलत नभएको स्थितिमा पनि जीवनसाथीबाट कुरा लुकाउनु उनको विश्वास तोड ्नु सरह हो । आफ्नो कुनै व्यवहारका कारण जीवनसाथीलाई सन्देह हुनु, कतिपय कुरा नभनी बस्नु, मतभेदलाई निवारण नगर्नु आदि कुराले अविश्वासलाई जन्म दिन्छ ।
समाधान
जे भनिन्छ, त्यही गर्नु राम्रो हुन्छ । कुरा टाल्ने काम गर्नु उचित होइन ।
घर आउँदा ढिलो हुने भए सूचित गर्नुपर्छ र ढिलो हुने कारण पनि बताउनुपर्छ ।
आफ्नो जीवनसाथीसित झूटो बोल्नुहुँदैन ।
बहसको स्थितिमा आफ्नो साथीको कुरा धैर्यपूर्वक सुन्नुपर्छ । यसबाट उनको विचार तथा सही-गलत थाहा पाउन सकिन्छ ।
आफ्नो जीवनसाथीको विश्वास जित्न आफू सधैं उनको साथमा भएको कुरा बताउनुपर्छ र एक अर्काका हरेक साना-ठूला कुरामा सरिक हुनुपर्छ ।
यौन ः वैवाहिक जीवनमा यौनले महत्त्वपूर्ण भूमिका खेल्छ । ठीक यसैगरी वैवाहिक जीवनलाई धराशायी गर्न पनि यसले उत्तिकै भूमिका खेल्छ । जुन दम्पतीका बीच यौन सम्बन्ध राम्रो छैन, उनीहरू मनोरोगको सिकार हुन्छन्, साथै आफ्नो काम र सम्बन्धमा पनि ध्यान दिन सक्दैनन् । यौन सम्बन्धमा व्याप्त तनावका कारण विवाहेत्तर सम्बन्ध बन्छ । त्यसैले यौन सम्बन्धमा जन्मने अरुचिलाई बुझ्नु, जान्नु र समाधान गर्नु आवश्यक छ ।
समाधान
आफ्नो पार्टनरलाई यौनसित जोडिएको आफ्नो रुचि-अरुचिका बारेमा बताउनुपर्छ ।
रोमान्टिक वातावरण कायम राख्नुपर्छ र प्रेमका पलहरूमा अन्य सबै कुरा बिर्सनुपर्छ ।
एकान्तका ती क्षणमा दिक्क लाग्ने कुरा उठाउनुहुँदैन ।
यौनसम्बन्ध बनाउनु आफ्नो इच्छा लाद्नु होइन, साथीको इच्छालाई सम्मान गर्नु पनि हो ।
यौनका लागि योजना बनाउनु नराम्रो होइन, यसबाट सँगै समय बिताउने क्षणको प्रतीक्षा भैरहन्छ ।
उतारचढाव ः जीवनमा आउने उतारचढावको प्रत्यक्ष असर आपसी सम्बन्धमा पर्छ । यदि कुनै बेला आर्थिक वा पारिवारिक समस्या सामना गर्नुपरे, त्यसका लागि आफ्नो साथीलाई दोषी ठहर्याउनुको साटो उनलाई साथ दिनुपर्छ र समस्या समाधान गर्ने संयुक्त प्रयास गर्नुपर्छ ।
समाधान
आपसी ख्यालठट्टालाई कायम राख्नुपर्छ, यसबाट संघर्षसँग लड्न सहजता प्राप्त हुन्छ ।
आफ्नो साथीलाई अनावश्यक बोझ नपरोस् भन्ने हेतुले आफ्ना आवश्यकतालाई सीमित गर्नुपर्छ ।
आपसमा विवाद, झगडा गर्नुभन्दा समस्या समाधान गर्नतर्फ समझदारीपूर्वक अग्रसर हुनुपर्छ ।
केही समयका लागि समयको प्रवाहमा आफूलाई बग्न दिने हो भने पनि कठिन परिस्थितिसित लड्न सहज हुन्छ ।
बालबालिका ः बालबालिकालाई सम्बन्धको सुमधुरताको सेतुका रूपमा पनि लिइन्छ, साथै कैयन अवस्थामा उनीहरू आपसी मतभेदका कारण पनि बन्छन् । बालबालिकाको जन्म, लालनपालन र करियरका विषयमा अधिकांश दम्पतीमा बहस चल्छ । यसबाट छोराछोरीको विकासमा पनि असर पर्ने सम्भावना हुन्छ ।
समाधान
छोराछोरीलाई आफ्नो लडाइँ-झगडाको कारण बन्न नदिन अभिभावकले तिनका सामु एकअर्काको कुरा काट्नुहुँदैन ।
आपसमा विचारविमर्श गरेर नै उनीहरूको लालनपालन, करियर तथा जीवनसम्बन्धित निर्णय लिनु राम्रो हुन्छ ।
अभिभावकको झगडालाई बालबालिकाले भावनात्मक रूपमा दुरुपयोग गर्ने सम्भावना पनि भएकाले तिनका सामु आफ्नो मतभेदलाई प्रकट नगर्नु राम्रो मानिदैन ।
सम्पर्क ः दम्पतीले आफ्ना मनका कुरालाई एकअर्कासित सेयर नगरे आपसी सम्बन्धमा तनाव उत्पन्न हुन्छ । सम्पर्कको अभावले रिसको भावना जागृत गराउँछ ।
समाधान
साथीसित आफ्नो मनको भावना व्यक्त गर्नुपर्छ ।
राम्रो कुराको खुलेर प्रशंसा गर्नुपर्छ भने कमीकमजोरी, गल्तीलाई पनि सही रूपमा व्यक्त गर्नुपर्छ ।
आपसमा प्रेम-समझदारी एवं प्रगाढता भए पनि साथीले मनको कुरा व्यक्ति नगरी बुझ्नुपर्छ, बुझ्छ भन्ने अपेक्षा राख्नु गलत हो ।
इष्र्या ः पतिपत्नीबीच इष्र्याको भावना सामान्य भए पनि जब आपसमा विश्वास रहँदैन यो असामान्य बन्न पुग्छ र शंकालु प्रवृत्ति हावी हुन्छ ।
समाधान
आफ्नो मनमा शंका-
उपशंका पाल्नु वा आफ्नो व्यवहारबाट साथीलाई आहत तुल्याउनुभन्दा खुलेर कुरा गर्नु राम्रो हुन्छ ।
इष्र्याको भावनालाई स्वयंमाथि हावी हुन दिनुहुँदैन ।
यदि साथीले तपाईंलाई पर्याप्त समय दिन सक्दैन वा सम्भव छैन भने आफ्नो इच्छा र रुचिका विषयमा आफ्नो सिर्जनशीलता केन्दि्रत गर्नु राम्रो हुन्छ । एक्लोपनमा समय काट्न सकिएन भने यसले नकारात्मक विचारलाई नै प्रश्रय दिन्छ ।
दम्पतीका बीच ईष्र्या स्वाभाविक हो । आपसी प्रेम भएकाले नै इष्र्याको सम्भावना भएको हो । यदि राम्रोसँग प्रतिक्रिया दिइँदैन भने साथीको कुनै कुरा वा व्यवहारबाट आफू दुःखी भइएको छ भन्ने कुरा उसलाई थाहा हुन्छ र साथीले आफ्नो गल्ती सुधार गर्ने प्रयास गर्छ । अतः प्रेम र आत्मीयतामा इष्र्या हुनुपर्छ । यसले प्रतिक्रिया दिन बाध्य बनाउँछ र जीवनसाथीलेे आफ्नो प्रेमको प्रभावका सम्बन्धमा जानकारी प्राप्त गर्छ ।
www.ekantipur.com
0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):
Post a Comment