नयाँ वर्ष नयाँ संकल्प

विदुर खतिवडा,भीषण राई
गत वर्ष साप्ताहिकले ‘नयाा वर्षमा नयाा संकल्प’ शीर्षकमा समाजका अग्रजहरूको १० वटा नयाा प्रतिबद्धता प्रकाशित गरेको थियो। त्यसबेला विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने सेलिब्रेटीहरूले आ-आफ्ना प्रतिबद्धता दिएका थिए। प्रतिबद्धता दिने क्रममा केहीले भनेका थिए, वर्षको अन्त्यमा प्रतिबद्धता कति कार्यान्वयन गर्नुभयो भन्ने समाचार फिचर पनि राख्नुहोला, तर हामी कसले प्रतिबद्धता पूरा गर्‍यो कि गरेन भन्ने विषयमा जान चाहेनौं। हाम्रो उद्देश्य अग्रजहरूको प्रतिबद्धतामार्फत राष्ट्रिय रूपमै आमनागरिकलाई केही मूल्य-मान्यतामा स्वंय निर्देशित भएर हिँड्न अभिप्रेरणा दिनु हो। नयाा वर्ष नयाा संकल्पको एउटै उद्देश्य हो, नेपाली समाजलाई सकारात्मक बाटोतर्फ अग्रसर गराउन प्रत्येक व्यक्तिअग्रसर भएर निश्चित नियम र परिधिमा सञ्चालित हुनुपर्छ।
त्यसैले हामीले समाज र राष्ट्रलाई उजिल्याउन व्यक्तिबाटै यसको थालनी हुनुपर्छ भन्ने मान्यता राख्यौं। प्रत्येक व्यक्तिले वाषिर्क रूपमा १० वटा प्रतिबद्धता गरे पनि त्यसबाट राष्ट्रिय विकासका निम्ति धेरै नै महत्वपूर्ण योगदान पुग्छ, त्यतिमात्र होइन, घोषित प्रतिबद्धताका कारण राष्ट्रिय, सामाजिक रूपमा प्रत्येक व्यक्ति निर्देशित भएर चल्छ। दोस्रो पटक साप्ताहिकले फेरि त्यस्तै प्रकारको समाचार सामाग्री तयार पारेको छ। जसमा राष्ट्रिय स्तरका शीर्ष राजनेताहरू, सामाजिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरू, युुवा व्यवसायी, कलाकार र अन्य परिचित व्यक्तित्वलाई हामीले समेटेका छौं।
भूषण दाहाल 
कान्तिपुर टेलिभिजन
१. अहिले व्यस्त रहने जुन पेसामा छु, यो प्रेसर कम गरेर आफ्ना लागि समय निकाल्नेछु । यो वर्ष आफ्नो इच्छाको काम मात्र गर्नेछु, सक्दो काम मात्र लिन्छु ।
२. खानपानमा अहिलेसम्म खासै ध्यान दिएको छैन, अब उमेरका कारण हेल्दी फुड मात्र लिनेछु
३. पुस्तक अध्ययन गर्ने पुरानो बानीलाई गत वर्षदेखि जीवन्तता दिँदै आएको छु, यो वर्ष छुटेका २५ पुस्तक पनि अध्ययन गरिसक्नेछु ।
४. सन् ८० को दशकभन्दा पछि जन्मिएकाहरूको पुस्तालाई म जेनेरेसन नेक्स्ट भन्न रुचाउँछु । यो पुस्ताको चाहना एवं आकांक्षा अर्थात् मनोभाव हाम्रो पुस्ताले बुझेको छैन, त्यसकारण हाम्रो पुस्तालाई उनीहरूको अपेक्षा बुझाउने र अवसर प्रदान गर्ने दायित्व निर्वाह गर्न सहजकर्ताका रूपमा काम गर्नेछु ।
५. टेलिभिजन कर्ममा विगतमा म र मेरा साथीहरूले जुन प्रकारको नौलोपन दिन खोज्यौं, अब त्यो फेजआउट भैसक्यो भन्ने मेरो बुझाइ छ, त्यसैले पनि सोचेजस्तो परिणाम आइरहेको छैन, यो वर्ष हामी फरक कार्यचित्रमा काम गर्दैछौं, यो वर्ष कान्तिपुर टेलिभिजनलाई पृथक् टेलिभिजनका रूपमा रूपान्तरित गर्नेछु ।
६. बोटबिरुवा संकलन एवं लालनपालनको सोख बढ्दै गएको छ । मैले बोटविरुवालाई यति नजिकबाट अवलोकन गरेकै थिइनँ, यो वर्ष सक्दो युनिक प्लान्ट खोजेर आफ्नो कम्पाउन्डमा हुर्काउनेछु ।
७. गत वर्षसम्म मलाई केश कालो बनाउ“m कि जस्तो लाग्थ्यो तर अब यो वर्षदेखि कपाल कालो हुन्छ भन्ने कुरा सम्झन पनि चाहन्नँ, जस्तो छ त्यस्तै राख्नेछु ।
८. अलिकति पैदल यात्राको अभाव भए जस्तो लागेको छ । यो वर्ष त्यसतर्फ पनि चासो बढाउनेछु । सामाजिक सेवाको क्षेत्रमा आफू बस्ने क्षेत्रको सडक, ढल सरसफाइमा छरछिमेकको साथ लिएर काम गर्नेछु ।
९. यो वर्षको अन्तिम सम्ममा एउटा चलचित्र घोषणा गर्ने योजना छ ।
१०. गत वर्ष म्युजिक भिडियो निर्देशनमा खासै काम गरिनँ, यो वर्ष न्युनतम आठवटा म्युजिक भिडियो निर्देशन गर्न मन लागेको छ ।
रामेश्वर खनाल
पूर्वसचिव, अर्थमन्त्रालय
१. ६ महिनासम्म घरमै बसेर स्वअध्ययन गर्नेछु । सरकारी सेवामा हुँदा पुस्तकहरू पढ्न समय त्यति मिल्दैनथ्यो ।
२. सकारात्मक सोचको प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला-जिल्लामा गएर नागरिक सञ्जाल बनाउनेछु ।
३. साना सहकारी संस्थाका खड्गबहादुर पाठकसँग मिलेर सहकारी संस्थाका बारेमा बुझ्नेछु ।
४.विद्यालय तथा महाविद्यालयमा गएर अध्यापन गराउनेछु ।
५. पुस्तक लेख्न प्रारम्भ गर्नेछु ।
६.खराब आचरण, लोभलाज आदि हटाउने कार्यमा सक्रिय हुनेछु । ७. निर्माण-व्यवसायीहरूलाई कमिसनविरुद्ध लाग्न सल्लाह सुझाव दिन्छु । विकास-निर्माणका कुरामा छलफल र बहस गर्नेछु ।
८.नेपालका ७१ जिल्ला त घुमिसकेको छु । फेरि पनि सबै जिल्ला घुमी पत्रकारदेखि सर्वसाधारणसँग सम्बन्ध स्थापित गर्ने मन छ ।
९. सरकारी सेवा अवधिमा परिवार भन्दा पनि कामलाई धेरै प्राथमिकता दिए । अब सरकारी कामबाट छुट्कारा पाएको छु । त्यही भएर आफन्तहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउन जुट्नेछु । परिवारबाट टाढा भएको महसुस भएपनि अब नजिक हुनेछु ।
१०.आफ्नो छुट्टै ब्लग खोल्नेछु, जसमा भष्ट्रचारविरुद्धका ज्ञानबर्द्धक कुराहरू राख्नेछु। मैले गर्ने सबै कार्यको विवरण त्यही राख्नेछु ।
मदनकृष्ण श्रेष्ठ 
कलाकार
कानुन, धर्म, व्यवहार, आफ्नो अनुभव एवं आत्माले गर्नुहुँदैन भनेका कामहरू गर्दिनँ, जस्तै ः
१. घूस ख्वाउने र खाने काम गर्दिनँ ।
२. सधैं ट्राफिक नियम पालना गर्छु ।
३. देश, समाज र परिवारलाई धोखा दिन्नँ ।
४. कानुन हातमा लिने काम कहिल्यै गर्दिनँ ।
५. निरकंुश बुलेट होइन, धाँधलीरहित ब्यालेटलाई सम्मान गर्छु र लोकतन्त्रप्रतिको विश्वासमा अडिग रहनेछु ।
६. पद, पैसा र कुर्सीको लोभमा जातीयतामा फाटो आउने काम कहिल्यै गर्दिनँ, बरु सबै जातजाति, भाषाभाषी, धर्म एवं धर्मावलम्बीहरूलाई एकताको सूत्रमा बाँध्ने कार्यमा लागिरहनेछु ।
७. कुनै पनि राजनैतिक पार्टीको सदस्यता लिन्नँ, तर सबै पार्टीलाई आफ्नै सम्भिmएर सबैसँग समान सामीप्यता कायम गर्छु ।
८. देवी, देवता खुसी हुन्छन् भन्ने भ्रममा अबोध पशुपन्छीहरूलाई बलि दिनेजस्तो मुर्ख काम पनि कहिल्यै गर्दिनँ ।
९. असक्षम, अदूरदर्शी र अव्यावहारिक नेताहरूका कारण देश यसरी पछाडी धकेलिएको कुरा संसारले बुझिसकेका छन्, त्यसैले निर्वाचनका बेला १० पटक सोचेर मात्र मत खसाल्नेछु ।
१०. अन्त्यमा आफूले गर्दै आएका कामहरूलाई निरन्तरता दिइरहनेछु ।
भुवन केसी
नायक
१. नयाँ चलचित्र ‘साथी म तिम्रो’ को प्रमोसनमा लाग्नेछु ।
२. यो वर्षको सुरुवातमै अर्को नयाँ चलचित्रको निर्माणमा सक्रिय हुनेछु ।
३. वातावरण र सरसफाइमा विशेष ध्यान दिनेछु ।
४. चलचित्र ‘साथी म तिम्रो’ लाई अमेरिका, अस्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकमा प्रदर्शन गर्नेछु ।
५. राजनैतिक रूपमा सक्रिय भएर देशको राजनैतिक अन्योल हटाउन प्रयास गर्नेछु ।
६. ट्राफिक नियम पालनाका लागि सबैलाई सचेत गराउनेछु ।
७. नेपाली समाजमा राम्रो र असल भुवन केसीको पहिचानलाई निरन्तरता दिनेछु ।
८. नेत्रहीन, अशिक्षित तथा असहाय बालबालिकाको सहयोगका लागि च्यारिटी स्थापना गर्नेछु ।
९. उमेर अझै ढल्किएको छैन, राम्रा युवतीहरूले पछ्याइरहेकै छन्, त्यसकारण यो वर्ष भुवन केसीले फेरी विवाह गर्‍यो भने साप्ताहिकका पाठकहरूलाई अचम्म नमान्न आग्रह गर्छु ।
१०. भर्जिन लोकेसन पत्ता लगाई अब निर्माण हुने चलचित्रमा त्यहाँका दृश्य समेट्नेछु ।
शिवहरि पौडेल
हास्यकलाकार
१. किन गाली गर्नु ? जतिसुकै फोन नलागे पनि नेपाल टेलिकमलाई गाली गर्दिनँ ।
२. चौध घण्टा मात्र होइन, चौबिस घण्टा लोडसेडिङ भए पनि उज्यालोको आशा गर्दिनँ ।
३. जाँड-रक्सी पिइँदैन, नयाँ वर्ष लागेपछि झन पिइँदैन ।
४. जनताले नेतालाई गाली गरे पनि मचाहिँ गर्दिनँ ।
५. अझ भ्रष्टचार गरून् । भरसक भ्रष्टाचारी नेताले पुग्यो नभनेसम्म हेरिरहन्छु ।
६. कुनै पनि स्टेजमा नेतालाई व्यंग्य हान्न मरिगए छोड्दिनँ ।
७. नेपालमा शान्ति-सुरक्षा कायम हुने आशा पनि छैन र आशा पनि गर्दिनँ ।
८. जतिसुकै हन्डर खाए पनि झूठो बोल्नेछैन ।
९. ठूलालाई आदर गर्ने र सानालाई माया गर्ने कामको थालनी गर्नेछु ।
१०. व्यस्ततालाई घटाएर श्रीमतीलाई फुल टाइम दिने सोचमा छु ।
करिश्मा मानन्धर
नायिका
१. काठमाडौंको अस्तव्यस्त ट्राफिक प्रणाली र सवारी नियम उल्लंघनका घटनाका कारण मैले यो वर्षदेखि सवारी चलाउँदा संयम अपनाउने निर्णय लिएकी छु । कसैले ओभरटेक गरेर जान खोज्छ भने आफू पछाडि बसेर उसलाई अगाडि जान दिन्छु । यसले जामलाई नियन्त्रण गर्न सक्छ ।
२. छोरी कविता ठूली भैसकेकी छिन्, तर पनि उनी मसँगै सुत्छिन्, एउटै कोठामा बस्छिन्, यो वर्षदेखि उनलाई छुट्टै कोठामा बस्न सल्लाह दिएकी छु, अब उनी आफ्नो काम आफैं गर्ने र इन्डिपेन्डेन्ट लाइफस्टाइलमा जाउन भन्ने मेरो अपेक्षा हो ।
३. यो वर्ष अझ बढी आकर्षक रूपमा प्रस्तुत हुन स्वस्थ्य खानपिन र ब्यायाममा ध्यान दिनेछु ।
४. म केही कुरामा रिन्यु गर्न चाहन्छु । छरिएर रहेका पुराना साथीभाइ, इष्टमित्र एवं आफन्तसँग निकट हुने चाहना छ ।
५. घरमा राम्रा-राम्रा फूल ल्याएर उनीहरूसँग केही समय बिताउने प्रयास गर्नेछु । मैले फूलमा पनि जीवन हुन्छ भन्ने कुरा भर्खरै थाहा पाएकी छु, त्यसैले यो वर्ष उनीहरूसँग नजिकिने चाहना छ ।
६. विभिन्न सामाजिक कार्यमा लाग्नेछु । चलचित्र क्षेत्र र बाहिरका व्यक्तिहरूको सहयोगका लागि करिश्मा फाउन्डेसनको स्थापना गर्नेछु ।
७. म एकदमै धेरै बोल्ने भएकाले नयाँ वर्षसँगै अरूको कुरा धेरै सुन्ने बानी बसाल्नेछु ।
८. एक महिनामा एउटा पुस्तक पढिसक्ने बानी बसाल्नेछु ।
९. नयाँपनका साथ अघि बढ्नेछु । पुराना कुराल्ााई कुनै पनि हालतमा सम्भिmएर दुःखी हुन चाहन्नँ ।
१०. माथि उल्लेखित सबै बुँदालाई पूर्ण रूपमा पालना गर्छु ।
राजेश पायल राई 
गायक
१. यो वर्ष एउटा कार किन्नेछु ।
२. भाग्यले साथ दिए यो वर्ष विवाह पनि गर्नेछु ।
३. गरिबका लागि शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न जिल्लामा सांगीतिक कार्यक्रम गर्नेछु ।
४. केही समयअघि श्रोतामाझ आएको राई इज किङको सफलतापछि यो वर्ष लोकगीतको संग्रह जदौ भाग-३ श्रोतामाझ ल्याउनेछु ।
५. राई इज किङ एल्बमको बिक्रीमा प्रतिसिडी ५ रुपैयाँका दरले हालसम्म बिक्री भएको २० हजार अनुसार १ लाख रुपैयाँ सामाजिक सेवामा प्रदान गर्नेछु ।
६. यो वर्ष राई इज किङ चलचित्रमा अभिनय गर्नेछु ।
७. मेरा बाजे क्याप्टेन पञ्चवीर राईको नाममा स्थापित ट्रस्टले विभिन्न क्षेत्रमा सहयोग गर्नेछ ।
८. सांगीतिक कार्यक्रमका क्रममा नेताहरूलाई संविधान बनाउन र देश विकासको कार्यमा काम गर्न आग्रह गर्नेछु ।
९. सामाजिक सेवाको क्षेत्रमा विभिन्न व्यक्तित्वहरूसँग मिलेर काम गर्नेछु ।
१०. नेपालीपन खोज्दै सामाजिक सद्भाव कायम राख्न सक्रिय रहनेछु ।
सुगम पोखरेल
गायक
१. लोकशैलीको छैटौं एल्बम ‘शिलान्यास’ वैशाखभित्रै रिलिज गर्नेछु ।
२. सगरमाथा एफएम छाडेर अर्को इलेक्ट्रोनिक्स मिडियामा म्युजिक कार्यक्रम चलाउनुका साथै टेलिभिजनमा पनि कार्यक्रम सञ्चालन गर्नेछु ।
३. आफ्नै म्युजिक स्टुडियो खोल्नेछु ।
४. म्युजिक एरेन्जरका रुप्ामा स्थापित हुने अभ्यास गर्नेछु ।
५. परिवारलाई धेरै समय दिनेछु ।
६. बालगीतको एल्बम तयार गरी त्यसमा छोरीलाई पनि सहभागी गराउनेछु ।
७. चुरोट पिउन कम गर्नेछु ।
८. फिट रहन जिम सेन्टर जानेछु ।
९. यो वर्ष घर वा फ्लाट लिने सोचमा छु ।
१०. चलचित्रको ब्याकग्राउन्ड म्युजिकका लागि काम गर्नेछु ।
सदीक्षा श्रेष्ठ
मिस नेपाल
१. सकारात्मक सोचको विकास गर्नेछु ।
२. स्वास्थ्यका लागि धेरै हाँस्ने बानी बसाल्नेछु ।
३. आफूलाई मात्र नभै जनहितका लागि पनि सोच्नेछु ।
४. पेसाले विद्यार्थी भएकाले अध्ययनका लागि पनि समय मिलाउनेछु ।
५. सिर्जनात्मक काममा सहभागी हुनेछु ।
६. राम्रा-राम्रा पुस्तक बढीभन्दा बढी अध्ययन गर्नेछु ।
७. पर्याप्त पानी पिउनेछु ।
८. आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नेछु ।
९. परिवार एवं साथीभाइसँग समय बिताउनेछु ।
१०. सुत्नुअघि दिनभरिका कामको मूल्यांकन गरी भोलि गर्ने कामको योजना बनाउने बानी बसाल्नेछु ।
दीपाश्री निरौला
कलाकार
१. म क्षयरोगको सद्भावना राजदूत भएकीले दैनिक जीवनशैलीमा भेटिने चुरोट तथा सुर्तीजन्य पदार्थ खाने व्यक्तिहरूलाई सचेत गराउँदै उनीहरूलाई बाँचेर देश तथा परिवारका लागि गर्नुपर्ने दायित्वका बारेमा बोध गराउनेछु ।
२. लागूपदार्थ दुव्र्यसनविरुद्धको सदभावना राजदूत भएकीले लागूपदार्थको कुलतबाट टाढा रहन सन्देश दिनेछु ।
३. २०६८ मा स्लिम, टि्रम र गुड लुकिङ पर्सनालिटी बनाउन मेहनत गर्नेछु ।
४. म प्याकेजमा राम्री हुने प्रयास गर्नेछु ।
५. एचआईभी एड्स संक्रमित बालबालिकाहरूका लागि काम गर्दै आएकि छु । यो वर्ष उनीहरूको सहयोगका लागि बृहत रूपमा सक्रिय रहनेछु ।
६. खै भगवान्ले ०६८ मा वर खोजिदिने हुन् कि ? जुराए अवश्य विवाह गर्नेछु ।
७. तीतो सत्यको एउटा चलचित्र बनाउने योजना छ । सायद ०६८ मा पूरा हुन्छ कि ? त्यसका लागि मेहनत गर्ने, सिटिङमा बस्ने काम गर्नु छ ।
८. सभा-समारोहहरूमा नेपाली पोसाकलाई प्राथमिकता दिनेछु ।
९. नेपाली कलाकारितामा लाग्नेहरूलाई सकेसम्म जिवित राख्न अक्षयकोष खडा गर्ने अभियानमा लाग्नेछु ।
१०. पत्रपत्रिका तथा पुस्तक अध्ययनमा बढी समय दिनेछु ।
सुदिन पोखरेल
गायक, सञ्चारकर्मी
१. देशमा स्थिर सरकार बनोस् भन्ने चाहनाअनुरूप म मेरो नेटवर्कको माध्यमबाट सन्देश प्रवाह गर्नेछु ।
२. नेपाली संगीत जातीयतामा विभाजित भएको छ, यस्तो नहोस भन्नका लागि सबै कलाकारलाई समेटेर सबैको हित गर्ने सोच राख्न आग्रह गर्नेछु ।
३. नेपालमा स्थिर सरकार बनोस् र त्यो सरकारमार्फत नेपाली खेलकुदले असल नेतृत्व पाओस् भनेर आफूले काम गर्ने सञ्चार माध्यमबाट भूमिका खेल्नेछु ।
४. व्यस्तताबाट समय निकालेर बढी समय परिवारलाई दिन सकियोस् भन्ने प्रयास गर्नेछु ।
५. मिडियामा लागेपछि स्कुल-कलेजका साथीहरू टाढिएका छन्, यो वर्ष पुराना साथीभाई खोज्ने र उनीहरूलाई बढी समय दिने प्रयास गर्नेछु ।
६. फेसबुकको लत कम गर्ने प्रयास गर्नेछु ।
७. आफ्नो फिजिकल फिटनेसका लागि नियमित व्यायाम गर्नेछु ।
८. यो वर्षदेखि लत्ता-कपडा खरिद ५० प्रतिशतसम्म कम गर्छु ।
९. केही समयअघि म अनाथालयसँग सम्बद्ध थिए, जहाँ कमाएको केही हिस्सा सहयोग गर्दै आएको थिएँ, यो वर्ष फेरि उक्त अनाथालयलाई सहयोग गर्नेछु ।
१०. यो वर्ष एल्बम ‘व्याकरण टु’ सार्वजनिक गर्नेछु ।
ऋचा शर्मा
नायिका
१.    यो वर्ष आपmनो खानामा कन्ट्रोल गर्नेछु।
२.    डान्स र स्वीमिङमा समय बिताउनेछु।
३.     धेरैभन्दा धेरै चलचित्रामा काम गर्ने योजनामा छु।
४. बिदाको सदुपयोग गर्नेछु।
५. एउटा बिजनेस प्लान गर्दैछु, त्यसको कार्यान्वयन पनि गर्नेछु।
६. गत वर्षभन्दा यो वर्ष अझ राम्रो काम गर्दै जानेछु।
७. परिवारलाई समय दिनेछु।
८. सामाजिक कर्ममा विशेषतः वृद्धवृद्धाका लागि च्यारिटी शोमा समय दिनेछु।
९. विश्वमा भैरहेका समाचारबाट अपडेट भैरहनेछु।
१०. म नृत्यमा कमजोर भएकीले यो वर्ष डान्स सिक्ने कार्यका साथै व्यक्तित्व विकासमा पनि लाग्नेछु।
सुरज वैद्य
नवनिर्वाचित अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
१. अर्थतन्त्रमा देशको निजी क्षेत्रको भिजन स्पष्ट पारेर राजनैतिक दलहरूको सहमति जुटाउनेछु ।
२. दिनको १ घन्टा शारीरिक व्यायामलाई समय दिनेछु ।
३. डोल्पा, मुगु, अछाम, डँडेलधुरा र बैतडीजस्ता आफू नपुगेका जिल्ला यो वर्षभित्र पुगेरै छोड्नेछु ।
४. सरकारसँग मिलेर ऊर्जासंकट कम गर्ने प्रयास गर्नेछु ।
५. प्रो-एक्टिभ रूपमा संविधान निर्माण गर्न योगदान गर्नेछु ।
६. युवा एवं महिलाहरूलाई नेतृत्वमा ल्याउन सहयोग गर्नेछु ।
७. विराटनगरमा एउटा होटल स्थापना गर्नेछु ।
८. बुबाको नाममा एउटा ट्रष्ट खडा गरेर सक्षम विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नेछु ।
९. दुई छोरीसहित परिवारलाई दक्षिण अमेरिका धुमाउन लानेछु ।
१०. काठमाडौंमा अर्को १ हजार बिरुवा रोप्नेछु ।
सोनम पाखि्रन
भिजे
१. रिसलाई नियन्त्रणमा राख्नेछु ।
२. वाषिर्क बजेट बनाएर त्यसअनुरुपको जीवनशैली जिउनेछु ।
३. समयमा पुग्ने र जुनसुकै काम पनि समयभित्र सक्ने प्रयास गर्नेछु ।
४. परिवारलाई पर्याप्त समय दिनेछु ।
५. पार्टी र नाइट लाइफमा अभ्यस्त भएकाले राति ढिलो सुत्ने गरेको छु, यो वर्षदेखि चाँडै सुत्नेछु ।
६. हेल्थ कन्सियस हुनुका साथै यो वर्षभित्रमा सिक्स प्याक निकालेर देखाउनेछु ।
७. नयाँ हेयर स्टाइलका साथ नयाँ लुकमा देखिनेछु ।
८. खाना पकाउन सिक्नेछु ।
९. यो वर्ष दुईवटा गीत श्रोतामाझ प्रस्तुत गर्नेछु ।
१०. गत वर्ष मैले केही गल्ती गरंे, यो वर्ष ती गल्ती सुधार्दै अझ प्रोफेसनल बन्नेछु ।
विदुर पाण्डे, छायाँकार
१. यो वर्ष क्यामेरामार्फत नयाँ-नयाँ लोकेशन हाईलाईट गर्नुका साथै प्रयोग नभएका एक्सपेरिमेन्टल सटलाई एक्सपोज गर्नेछु ।
२. नयाँ प्रयोगका लागि अन्तर्राष्ट्रिय टेक्नोलोजी प्रयोग गरी छायांकनमा व्यस्त रहनेछु ।
३. यो वर्ष न्यूनतम ५० वटा म्युजिक भिडियो, २-३ वटा चलचित्र र केही वृत्तचित्र खिच्नेछु ।
४. कान्तिपुर टेलिभिजनमा प्रसारण सामग्रीको गुणस्तर विकासमा ध्यान दिनेछु ।
५. यो वर्षदेखि सामाजिक क्रियाकलापमा सक्रिय हुनेछु ।
६. नेपाली चलचित्रको छायांकनलाई अन्तराष्ट्रिय स्तरको बनाउनेछु ।
७. स्वस्थ्य रहन व्यायाम गर्नेछु तथा शारीरिक तौल घटाएर छरितो बन्ने प्रयास गर्नेछु ।
८. क्यामेरापर्सन पेसालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याई इन्डस्ट्रीमा क्यामेरापर्सन पेसालाई स्थापित गराउनेछु ।
९. निर्देशकीय क्षमता अभिवृद्धि गर्न अध्ययन गर्नेछु ।
१०. क्यामेरापर्सनहरूको पारिश्रमिक बढाउन प्रयत्न गर्नेछु ।
प्रदीप पौडेल
पूर्वअध्यक्ष, नेविसंघ
१. राजनैतिक मुद्दासँगै सामाजिक कार्यमा पनि सहभागी हुनेछु ।
२. शैक्षिक मुद्दाका निम्ती पनि सक्रिय रहनेछु ।
३. आफूलाई अध्ययनशील बनाउन यो वर्षलाई उपयोग गर्छु ।
४. सकारात्मक दृष्टिकोण राख्नेछु ।
५. आफ्नो पारिवार प्रति उत्तरदायी हुनेछु ।
६. सबैसँग राम्रो सम्पर्क स्थापित गर्नेछु ।
७. आर्थिक पक्ष सबल बनाउनेछु ।
८. नेविसंघका पुराना साथीहरूलाई खोज्नेछु ।
९. बौद्धिक व्यक्तिहरूबाट उत्तम विचार ग्रहण गर्नेछु ।
१०. आफ्नो गाउँमा गएर समाजिक कार्यमा लाग्नेछु ।
प्रस्ान्न पौडेल
निर्देशक
१. यो वर्ष राम्रा दुई चलचित्र बनाउनेछु ।
२. म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिनेछु ।
३. पढेलेखेका न्यूनतम दस जना कलाकारलाई स्थापित गराउनेछु ।
४. ट्राफिक नियमका कुरामा सचेतना फैलाउन श्रव्यदृश्य माध्यमलाई उपयोग गर्नेछु ।
५. १५ किलोग्राम तौल घटाउनेछु ।
६. नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउनेछु ।
७. एउटा कलाकारलाई अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउनेछु ।
८. तराईको कल्चरलाई म्युजिक भिडियोमार्फत प्रस्तुत गर्नेछु ।
९. एउटा नयाँ ब्रान्डको कार किन्नेछु ।
१०. वेश्यावृत्तिमा लाग्नेहरूको वकालत गर्नेछु ।
बद्री पंगेनी
लोकगायक
१. छोरीका अगाडि श्रीमतीसँग कहिल्यै झगडा गर्दिनँ ।
२. मन र विचारमा मात्र सीमित राष्ट्रियतालाई व्यवहारमा उतार्ने प्रयास गर्नेछु ।
३. नेपाली गीत-संगीतमा अझ प्रतिबद्ध भएर लाग्नेछु ।
४. राम्रो र हाम्रो संविधान निर्माणका लागि गीत-संगीतको माध्यमबाट दबाब दिनेछु ।
५. चिल्लो र गुलियो कम खानेछु, साथै पानी धेरै पिउनेछु ।
६. नेपालका विकट गाउँंमा गीत गाउन जानेछु ।
७. समाजसेवा, खेलकुद र सहज विचारलाई जोड्दै जानेछु ।
८. ट्राफिक नियम पूर्ण रूपमा पालन गर्नेछु ।
९. गाडीमा यात्रा गरिरहेका बखत वृद्धवृद्धालाई सिटमा बसाएर आफू उभिनेछु ।
१०. व्यक्तिगत स्वार्थका लागि नेताको पछाडि लाग्नेछैन ।
सञ्जीव उप्रेती
साहित्यकार
१. घनचक्करलाई अंग्रेजीमा अनुवाद गर्नेछु ।
२. सिद्धान्तका कुरा शीर्षकको सैद्धान्तिक पुस्तक प्रकाशन गर्ने तयारीमा लाग्नेछु ।
३. नेपाली उपन्यास, कथा, नाटक आदि पढ्नेेछु ।
४. कान्तिपुरमा पहिले लेख्ने गरेको ‘भेटघाट र गफगाफ’ स्तम्भलाई पुनः सुचारु गर्नेछु ।
५. श्रीमतीसहित स-परिवार अन्नपूर्ण बेस क्याम्प घुम्नेछु ।
६. नयाँ वर्षमा र्‍याटिफ्ङको मज्जा लिने सुरमा छु ।
७. शारीरिक व्यायाममा ध्यान दिनेछु ।
८. केही समय ध्यानका लागि छुट्याउनेछु ।
९. परिवारलाई पूर्ण समय साथ दिनेछु ।
१०. झापामा बस्ने बाबा आमालाई यो वर्ष काठमाडौं ल्याउने योजना बनाएको छु ।
केदार घिमिरे 
हास्यकलाकार
१. हरेक बिहान कुनै न कुनै धार्मिक कुरा एक हरफ भए पनि पढ्नेछु ।
२. गायत्री मन्त्र जप्दा देशको दुर्दशाको कारणका बारेमा एक मिनेट भए पनि चिन्तन गर्नेछु ।
३. शाकाहारी भोजन गर्नेछु ।
४. अरूको कुरा काट्दिनँ ।
५. कसैलाई मोबाइलमा मिस कल गर्दिनँ ।
६. कसैको मिस कल देखेर त्यसलाई कलब्याक गर्दिनँ ।
७. कविसम्मेलन तथा कवितासम्बन्धी कार्यक्रममा सरिक हुनेछु ।
८. आफूलाई आवश्यक नयाँ सिपजस्तै क्यामेरा हेन्डलिङ तथा एडिटिङ सिक्नेछु ।
९. उधारो कारोबार गर्दिनँ ।
१०. मोजा गन्हाएको छ भने कसैको बैठकमा पस्नेछैन ।
कमल ज्ञवाली 
प्रबन्ध निर्देशक, किष्ट बैंक
१. यो वर्ष भ्याएसम्म आफूलाई सामाजिक सेवाका कामहरूमा सक्रिय गराउनेछु, त्यसका लागि मैले जीवनधारा नामको संस्था स्थापना गरेको छु,  जसलाई उचाइमा पुर्‍याउने लक्ष्य छ ।
२. किष्ट बैंकको न्यूनतम १० शाखा विस्तार गर्नेछु ।
३. मैले घरलाई कम समय दिएको छु, अब अलिकति बढी समय दिनेछु ।
४. यो वर्ष कम्तीमा दुईवटा नयाँ देश भ्रमण गर्नेछु ।
५. अहिलेसम्म खानपिनमा हेलचेक्य्राइँ गरिरहेको छु, अब नियमअनुसारको खानपान र नियमित व्यायाममा ध्यान दिनेछु ।
६. एउटा पुस्तक लेख्न सुरु गरेको छु, वर्षको अन्त्यसम्ममा प्रकाशन गर्नेछु, वर्षभरमा न्यूनतम एउटा पुस्तक लेख्ने मेरो प्रयास यही वर्ष प्रारम्भ हुनेछ ।
७. किष्ट बैंकको निक्षेप २५ प्रतिशतले बढाउनेछु ।
८. हाल किष्ट बैंकका ३ लाख ग्राहक छन्, यो वर्ष ग्राहक संख्या ५ लाख पुर्‍याउनेछु ।
९. आफ्ना साथीभाइलाई भेट्ने समय बढी दिनेछु ।
१०. यो वर्ष कम्तीमा ४ पटक आफ्नो गाउँ पुग्नेछु ।
रेष्टा झा, सिइओ
प्राइम लाइफ इन्स्योरेन्स
१. आफ्नो एनजीओमार्फत बालबालिकाको स्वास्थ्य एवं शिक्षामा सहयोग पुर्‍याउनेछु ।
२. आफ्नो कम्प्ानीलाई उत्कृष्ट बनाएर सेयर मूल्यवृद्धि तथा प्रशस्त रोजगारीको अवसर सिर्जना गर्ने प्रयास गर्नेछु ।
३. केएफएलाई उत्कृष्ट एजुकेसन कन्सल्टेन्स्ाी बनाउन नेतृत्व प्रदान गर्नेछु ।
४. नेपाली वित्तीय कारोबारसम्बन्धी पुस्तक लेख्ने तयारी गर्नेछु ।
५. नेपाली युवापुस्तालाई उत्कृष्ट शिक्षा दिलाउन उत्प्रेरणा जगाउनेछु ।
६. कुनै पनि सामाजिक संस्थालाई राम्रो कामका लागि सहयोग गर्नेछु ।
७. शारीरिक फिटनेसका लागि हेल्थ क्लब र साइक्लिङ जानेछु ।
८. मेरा बाबुआमा, परिवार तथा जुम्ल्याहा सन्तानलाई समय दिनेछु ।
९. सामुदायिक विकास र गतिविधिलाई पर्याप्त सहयोग गर्नेछु ।
१०. आफ्नो व्यवसायलाई अझ अगाडि बढाउनेछु ।
लोकबहादुर भण्डारी 
सचिव हिसान नेपाल
१. हिसानको सचिव भएका नाताले मुलुकभरका निजी उच्च माध्यमिक विद्यालय बीचमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गरेर नैतिकवान् तथा दक्ष  जनशक्ति उत्पादनका निम्ति प्रतिबद्ध रहनेछु ।
२. शैक्षिक सिर्जनात्मक क्रियाकलापहरू सहज ढंगले विद्यार्थीमा हस्तान्तरण गर्न पहल गर्नेछु ।
३. निजी उमाविहरूमा प्रतिस्पर्धी शैक्षिक प्रणाली लागू गरेर विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो ढंगले उतार्नेछु ।
४. परिवार र कार्यालयका लागि समय व्यवस्थापन गर्नेछु ।
५. नियमित व्यायाम गरेर स्वस्थ जीवन जिउने प्रयास गर्नेछु ।
६. शान्त एवं स्वस्थ समाज निर्माणका लागि नागरिक समाजका तर्फबाट प्रभावकारी भूमिका खेल्नेछु ।
७. समयमा संविधान जारी गराउन व्यक्तिगत तथा संस्थागत ढंगले सक्रिय रहनेछु ।
८. यो वर्ष नयाँ-नयाँ स्थानको भ्रमणका लागि समय छुट्याउनेछु ।
९. समाज परिवर्तनका निम्ति भूमिका खोज्नेछु ।
१०. शैक्षिक परिवर्तनका लागि विभिन्न नयाँ कुरा पत्ता लगाएर नेपालको शैक्षिक प्रणालीमा लागू गराउन प्रयास गर्नेछु ।
मनु मञ्जिल, कवि
१. अध्ययनको समय बढाउनेछु ।
२. सुत्ने समय घटाउनेछु ।
३. लुँडो खेल्न छाड्नेछु ।
४. साना दुई छोरीसँग खेल्ने समय मिलाउनेछु ।
५. असहाय एवं टुहुरालाई सहयोग गर्नेछु ।
६. धेरै मानिसलाई पुस्तक पढ्न प्रेरित गर्नेछु ।
७. मेरा तीन शत्रुलाई जन्मदिनमा उपहार दिनेछु ।
८. नेपाली कविहरूको एउटा अंग्रेजी अनुवाद पुस्तक पूरा गर्नेछु ।
९. एउटा सहयोग कोष खडा गर्ने सोचलाई पूरा गर्न लाग्नेछु ।
१०. भेटेजति पत्रिकाका सम्पादकलाई यो मुलुकको सौन्दर्य झल्कने दृश्य प्रत्येक दिन प्रकाशन गर्न
अनुरोध गर्नेछु ।
विनोद तिमल्सिना
एमडी, ब्रोडलिंक इन्टरनेट
१. गाउँ-गाउँमा मोबाइल पुगेजस्तै गाउँ-गाउँमा इन्टरनेट पुर्‍याउने उद्देश्यका साथ अगाडि बढेको छु। यो वर्ष १ हजार गाविसमा ब्रोडलिंक सेवा पुर्‍याउने  लक्ष्य छ।
२. शारीरिक रूपमा फुर्तिलो हुने योजना छ, त्यसैले यो वर्ष भुँडी घटाउने योजनामा छु।
३. यो वर्ष अझ थुप्रै युवाहरूका लागि रोजगारीको अवसर सिर्जना गर्नेछु।
४. धरान, दमक, बिर्तामोड, भद्रपुर, बाग्लुङ, बेनी, कुस्मा, सुर्खेत, नेपालगन्ज, कोहलपुर, दाङ, घोराही आदि क्षेत्रमा ब्रोडलिंकको सेवा यो वर्षभित्रै  पुर्‍याउनेछु।
५. श्रीमती तथा घरपरिवारलाई अझ बढी समय दिने प्रयास गर्नेछु।
६. निश्चित समयका लागि सरकारी स्कुलहरूमा निःशुल्क इन्टरनेट जडान गरिदिनेछु।
७. फेमिली टुरमा संयुक्त राज्य अमेरिका जानेछु।
८. मलाई ट्रेकिङ मन पर्छ, यो वर्ष घान्द्रुक -अन्नपुर्ण पदयात्रा) ट्रेकिङ जानेछु।
९. अपि|mकाको सेसल्स जान मन लागेको छ, सायद यही वर्ष जान्छु होला।
१०. हाइड्रोपावरमा इन्भेस्टमेन्ट गर्ने योजना छ।
सुरेन्द्र काफ्ले
उपकुलपति, नास्ट
१. विज्ञान तथा प्रविधिको क्षेत्रमा परिणाममूलक काम गर्न अझ सुदृढ रूपमा सक्रिय हुनेछु ।
२. विज्ञान तथा प्रविधिको क्षेत्रमा संलग्न सबै व्यक्तिको हौसला बढाएर यो क्षेत्रमा नयाँ काम गर्ने बाटो निर्माण गर्न प्रतिबद्ध रहनेछु ।
३. विज्ञान तथा प्रविधिको प्रचार-प्रसार एवं उपयोगिताको सन्दर्भमा नेपालका विभिन्न क्षेत्रमा सचेतनामूलक कार्य गर्नेछु ।
४. शैक्षिक क्षेत्रलाई अझ बढी विकास गर्न सक्रिय रहनेछु ।
५. सबैलाई स्वावलम्बी एवं निःस्वार्थ भावना राख्न आग्रह गर्नेछु ।
६. म चुरोट पिउँदिनँ, त्यसैले चुरोट खाने व्यक्ति भेटिए नपिउन सल्लाह दिन्छु ।
७. आफ्नो काम आफैं गर्नुपर्छ भन्ने मान्यता अवलम्बन गर्न सक्रिय रहनेछु ।
८. गरिब, असहाय, बेसहारा एवं पहुँच नभएकाहरूमाथि सदैव ध्यान दिनेछु।
९. मर्निङ वाकको उपयोगिताका सम्बन्धमा सबैलाई सचेत गराउने कार्य गर्छु ।
१०. सबै नेतालाई मिलेर देश विकासको बाटोमा लाग्न सल्लाह दिनेछु।
प्रभात रिमाल 
स्टेसन म्यानेजर, रेडियो कान्तिपुर
१. यो वर्ष आफ्नो शारिरिक तौल घटाउनेछु ।
२. रेडियो कान्तिपुरमा थप जिम्मेवारी वहन गर्नेछु ।
३. वर्ष २०६८ मा रेडियो मार्फत आमनागरिकलाई आत्मकेन्दि्रत भएर नसोच्न आग्रह गर्नेछु ।
४. यो वर्षदेखि घर चाँडै पुग्ने प्रयास गर्नेछु ।
५. लिन मात्र होइन, दिन पनि सिक, जति दिन्छौ त्यति नै पाउँछौ भन्ने सन्देश प्रवाह गर्नेछु ।
६. आफूलाई अझ बढी व्यावहारिक बनाउने प्रयास गर्नेछु ।
७. रेडियो कान्तिपुरलाई अझ विस्तृत, परिष्कृत एवं समयसापेक्ष बनाउँदै लानेछु ।
८. संविधान निर्माणका निम्ति मेरो भूमिका अझ प्रभावकारी बनाउँछु ।
९. यो वर्षदेखि जुत्ता कम किन्छु ।
१०. म ड्रेसअपमा खासै ध्यान दिन्नँ, यो वर्षदेखि ध्यान दिन थाल्नेछु ।
मनोहरप्रसाद भट्टराई
महासचिव, संविधानसभा
१. समयमै संविधान लेखेर घोषणा गर्ने राष्ट्रिय प्रतिबद्घतालाई पूरा गर्न मेरो भूमिकाअनुसार कटिबद्घ हुन्छु ।

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):