राजेशले भेटाए २५ बर्षे गर्लफ्रेन्ड


केही महिनाभित्रै बिबाह गर्ने


वास्तवमा उनलाई मैले आफ्नो जीवनसाथी बन्न लायक पाएँ’- पचास टेक्नै लागेका नायक राजेश हमालले बोलेको यो डाइलग कुनै चलचित्रको हैन् । ४८ बर्षका राजेशले आफुभन्दा झण्डै आधा उमेरकी प्रेमिका भेटेपछि बिहे गर्ने निधो गरेका छन ।
हालै एक साप्ताहिक पत्रिकालाई अन्तरवार्ता दिंदै राजेशले केही समयभित्रै आफ्नो प्रेमसम्बन्धबारे सार्बजनिक गर्ने र सम्बन्ध सार्बजनिक भएको सात आठ महिनाभित्र बिबाह गरिसक्ने बताएका छन् । यो उमेरमा आएर आफुलाई साँच्चिकै बिबाह गर्नुपर्ने महसुस भएको बताए ।
राजेशले दिएको जानकारीअनुसार काठमाडौंकै एक शिक्षित परिवारकी युवतीसँग उनको दुई बर्षदेखि अफयेर चलिरहेको छ । २५ बर्षिया उनकी प्रेमिका हाल अध्ययनमा ब्यस्त रहेकाले अध्ययन सकेपछि बिबाहको योजनामा रहेको बताए । उमेर आधा कम भएपनि दुवैको सोंच मिल्ने राजेशले जानकारी दिए ।

केही बर्षअघि एउटा ग्यादरिङमा भेट भएपछि उनकी प्रेमिका र उनीवीच सम्बन्ध बाक्लिएको थियो । हामीले एक अर्कालाई बुझ्यौं- राजेश भन्छन-वास्तवमा उनलाई मैले आफ्नो जीवनसाथी बन्न लायक पाएँ । सहयोगीहरुसित लाजिम्पाटमा बस्दै आएका राजेशले अबको जीवन बिबाह नगरि चल्दैन भन्ने लागेरै बिबाहको बाटो रोजेको बताउँछन् । यो सम्बन्ध अझै परिपक्क नभएको भन्दै उनले प्रेममा पागल नभएको बरु सन्तुलित प्रेम गरिरहेको बताए ।

आफ्नो जीवनमा धेरै महिला प्रेमिकाका रुपमा आएको स्वीर्काछन् राजेश । ती मध्ये अधिकांश नेपाल घुम्न आएका बिदेशी पर्यटक रहेको बताउने राजेशले महिलाहरुको सम्बन्धबाट जीवन जीउने कला सिकेको र जीवनका थुप्रै रंग बुझेको बताए । आफ्नो जीवनमा कति महिला आए भन्ने सम्झन नसक्ने भन्दै उनले ६ जना महिलासंग लामै सम्बन्ध चलेको स्वीकारे ।
यसअघि एक डेढ बर्षमा बिबाह गर्छु भनेजस्तो यो सम्बन्ध नरहेको राजेशले बताए । आफु अब साँच्चिकै बिबाह गर्ने योजनामा पुगेको र उपयुक्त पात्र भेटेको राजेशको दावी छ । हेरौं उनको यो घोषणालाई राजेशले कार्यन्वयन गर्छन कि गर्दैनन् ।

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):