हजाराँ गोर्खा सैनिकले जापानी र जर्मनको गोली छातीमा थापेर बि्रटिस साम्राज्य बचाइदिए । बेलायती भव्यताका प्रत्येक भित्ताहरूमा गोर्खालीका रगत, पसिना र आँसु पोतिएको छ । गोर्खालीले बलिदान नगरेको भए बेलायत आज संसारको शक्तिशाली राष्ट्र बन्दैनथ्यो ।
केही वर्षअघि भिक्टोरिया क्रस -भिसी) विजेता तुलबहादुर पुनले बेलायती महारानी एलिजावेथको दरबार र बिग्रेड अफ गोर्खाजको हेडक्वार्टरमै पुगेर भनेका थिए, 'मेरो पदक फिर्ता देऊ, मेरो सम्मानमा दिएको पदक म आफँैसँग राख्न चाहन्छु ।' तर, भिसी पुनको अनुरोधलाई न एलिजावेथ र डेभिड क्यामरुनहरूले अस्वीकार गरे । एलिजावेथहरूले नै दिएको पदक फेरि उनीहरूले सुरक्षाका लागि भन्दै लगेर फिर्ता माग्दा नदिएपछि भिसी पुनः विक्षिप्त भएका थिए । जीवनका ऊर्जाशील समय जसका लागि खर्चे तिनै मुलुकले आफ्नो अनुरोधको बेवास्ता गर्दा एलिजावेथको दरबारअगाडि आँसु बगाएका थिए । भिसी संसारको सबैभन्दा ठूलो सैन्य सम्मान हो । कुनै वेला 'कहिल्यै नअस्ताउने' मानिएको बेलायतकी सर्वशक्तिमान महारानी भिक्टोरिया नामबाट स्थापित यो सम्मान अहिलेसम्म ३१ जनाले मात्रै पाएका छन् । तीमध्ये पहिलो र दोस्रो विश्वयुद्धमा छाती थापेर बेलायती साम्राज्य बचाइदिने १३ गोरखा सैनिकलाई यो पदक दिइएको थियो ।
इतिहास भन्छ, 'हजाराँै गोर्खा सैनिकले जापानी र जर्मनको गोली छातीमा थापेर बि्रटिस साम्राज्य बचाइदिए
यो तक्मालाई बेलायत सरकार आफैले अमूल्य भनेका छन् । तिनै अमूल्य तक्मा बेलायतका भिसी कमान्डिङ अफिसरले नेपालमा असुरक्षित हुन्छ भन्दै भिसी पुनको घर म्यादीको बेगाखोला-९ तिप्ल्याङमै पुगेर १९७५ मा त्यो पदक बेलायत फिर्ता लगेका थिए । अरबौँ पर्ने भिसी पदकलाई नेपाली ४० हजार दिएर सुरक्षाका लागि भन्दै बेलायत लगेका थिए । भिसी पुनले आफ्नो पदक फिर्ता गर्न अनेकौँपटक बेलायत सरकारसँग अनुरोध गरे, तर बेलायत सरकारले न पदक फिर्ता दियो न पदकको मूल्य नै । जीवित छँदा पनि आफ्नै पदक म्युजियममा हेरेर चित्त बुझाउनु उनको विवशता बन्यो । एलिजावेथहरूले यहाँनेर उत्तर दिनुपर्छ, के भिसीको मोल चालीस हजारमात्रै हो ? उनीहरू आफैँले दिएको तक्मा किन फिर्ता लगे ?
भिसी तुलबहादुरका छोरा अर्जुन पुनका अनुसार बेलायत सरकारले पदक नेपालमा असुरक्षा हुने भन्दै सुरक्षाका लागि बेलायतलाई दिन आग्रहसहितका चिट्ठीहरू भिसी पुनलाई पठाएका थिए
। पटक-पटकको आग्रहपछि भिसी कमान्डिङ अफिसरलाई राख्नका लागि दिएर पठाइएको थियो, पछि भिसी पदक फिर्ता गर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पुनः आफँै पुगेका थिए, तर फिर्ता दिइएन । 'विन चेस्टर गोर्खा म्युजियमसँग फिर्ता माग्दा पल्टनले म्युजियमलाई बेचेको दाबी गर्छन्, तर पहिले भिसीका कमान्डिङ अफिसरले म्याग्दीबाट लैजाँदा सुरक्षाका लागि भन्दै लगेका थिए । सुरक्षाका लागि भन्दै लगेको चिज म्युजियमलाई नबेच्नुपर्ने हो,' छोरा अर्जुन भन्छन्, 'बुबाको हातबाट भिसी पदक लैजाँदा दिइएको भनिएको पैसा पनि त्यसको मूल्यबापत होइन, त्यहाँ किनबेचको सन्दर्भ नै छैन । बुबाले बेच्नुभएको होइन राख्न दिनुभएको हो ।'आफ्नो पदक आफैँसँग राख्ने बुबाको सपना अधुरै रहेकोमा छोरा अर्जुन दुःखी छन् । बुबाको काजकिरिया गर्न बेलायतदेखि म्याग्दीको बेगाखोला-९ तिप्ल्याङ पुगेका पुनले सोमबार नयाँ पत्रिकासँग भने, 'आफ्नै जन्मथलोमा प्राण त्याग गर्ने बुबाको इच्छा त पूरा भयो, तर जीवनको अन्तिम समयसम्म आफ्नो पदक आफैसँग राख्ने चाहना भने पूरा हुन सकेन । आफ्नो देश बचाइदिएबापत दिएको पदक बेलायत आफैले झुक्याएर लगेर किन फिर्ता गरेन ? यो प्रश्न मैले मात्रै होइन सारा गोर्खालीले बेलायतलाई सोध्नुपर्छ ।' आफँैले दिएको पदक झुक्याएर फिर्ता माग्दा नदिनु गोर्खामाथिको अपमान भएको उनको बुझाइ छ । 'पदक फिर्ता गराउन फेरि पनि बेलायत गएर पहल गर्नेछु, बुबाको चिनो हामी आफँैसँग राख्न चाहन्छौँ,' उनले भने, 'यदि बेलायत आफैले दिएको पदक दिँदैन भने त्यो गोर्खालीमाथि अपमान हो ।'
तर, यो अपमान भिसी पुनमाथि मात्रै होइन १२ डिसेम्बर २०१० मा बेलायतमै देहत्याग गरेका भिसी लछुमन गुरुङमाथि पनि अपमानका यस्तै हर्कत बेलायतले देखाएका थिए
। लछुमन गुरुङले दोस्रो विश्वयुद्धमा धेरै जापानीलाई मारेबापत भिसी पाएका थिए । उनको तक्मा पनि बेलायतले फिर्ता लगिसकेको छ । जुन राष्ट्रको सार्वभौम सत्ताका निमित्त युद्ध लड्दा भिसी पाएका थिए, त्यही मुलुकको च्यारिङ क्रस हस्पिटलमा ९३ वषर्ीय गुरुङको निधन भयो । उनको अन्त्येष्टिमा बेलायती सेनाका फिल्ड मार्सलदेखि लिएर विभिन्न तहका बि्रटिस अफिसरहरू आएर सलाम पनि गरेका थिए । तर, उनै भिसीका छोरा आफ्नो बाबुको अन्त्येष्टिका लागि नेपालबाट बेलायत जाँदा उनलाई मुस्किलले एक महिनाको मात्र भिसा दिइयो । गोर्खाले मारिएका स्थानमा बनाइएका सिमेन्ट्रीमा लेखिएको छ, 'भोलिका सन्ततिका लागि आज बलिदान गरेको छु ।' जुन देशका बुबाले जीवनभरि लड्यो त्यही देशमा बुबाको अन्त्येष्टिका लागि जान खोज्दा उनलाई किन रोकियो ? कुन सन्ततिका लागि लडे ती भिसीले ? उनको अन्त्येष्टि बाटोमा मरेको बेवारिसे मान्छेका लागि चन्दा उठाएझँैै ११ हजार पाउन्ड चन्दा उठाएर गरियो । महारानी ऐलिजावेथ र क्यामरुनको हेडक्वार्टरअगाडि देहत्याग गरेका भिसीको अन्त्येष्टि चन्दा उठाएर गरिएको समाचार बेलायतकै लागि पनि लज्जाको विषय हँुदै हो, तर गोर्खालीको योभन्दा दुःखको समाचार के हुन सक्छ ?
०००
पूर्वतिरबाट गाईगोरु भारत बेच्न लैजाँदासमेत विराटनगरको जोगमुनी र काँकडभिट्टा नाकामा कति भेडा निर्यात गरिए, त्यसको तथ्यांक राखिन्छ, तर बि्रटिस सरकारले विश्वयुद्धताका कति गोर्खाली भर्ती गरे कुन मोर्चामा गएका थिए, कति कहाँ मारिए ? कुनै तथ्यांकसम्म राखेन
। न नेपाल सरकारले नै यसको चासो दियो । अहिले पनि कैयन 'लाहुरेनीहरू' विश्वयुद्ध लड्न गएका 'लाहुरे खसम' कतै फर्केर आउलान् कि भनेर पर्खिबसेका छन् । बि्रटिस साम्राज्य बचाउन खातिर गोर्खाहरूले १८५७ को इन्डियाको सिपाही विद्रोहदेखि लिएर प्रथम र द्वितीय विश्वयुद्ध लगायतका अनेकौँ डरलाग्दा नरसंहारकारी युद्ध लडे । र नाजी जर्मनलगायत अन्य विभिन्न राष्ट्रको पन्जाबाट मुक्त गराए र बि्रटिस विश्वमा एउटा सर्वशक्तिमान राष्ट्र बन्न पुग्यो । ती मोर्चामा करिब ६० हजारभन्दा बढी गोर्खाली मारिएको अनुमान गरिएको छ । ६० हजार गोर्खाको सम्झना र सम्मानमा बि्रटिसले अहिलेसम्म सिन्को भाँच्ने कामसम्म गरेको छैन । बरु यसरी भिसीहरूको आँसु बगाउने काम गरेको छ । भिसीहरूले कहिलेसम्म आँसु बगाइरहने ?
kulung.rajesh@gmail.com
। बेलायती भव्यताका प्रत्येक भित्ताहरूमा गोर्खालीका रगत, पसिना र आँसु पोतिएको छ ।' 'गोर्खालीले बलिदान नगरेको भए बेलायत आज संसारका शक्तिशाली राष्ट्र बन्दैन थियो,' यो सत्यलाई बेलायतले पनि स्वीकार गरेको छ । आफ्नो ज्यानभन्दा बेलायती साम्राज्य प्यारो ठानेर छाती थाप्ने १३ गोर्खालीलाई बेलायतले भिसी पदक त दियो, तर बेलायत आफैले सोझा गोर्खालीलाई झुक्याएर बेलायत आफैले ती तक्मा लगेको छ । बेलायतले फिर्ता लगेको आफ्नो तक्मा फिर्ता गराउन भिसी विजेता र तिनका परिवाले अनेक प्रयास गरे पनि बेलायतले फिर्ता दिएको छैन ।
०००
बेलायतका सर्वशक्तिमान महारानी भेक्टिोरियाको नामबाट स्थापित बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान भिक्टोरिया क्रस विजेता तिनै तुलबहादुर पुनले ९१ वर्षको उमेरमा बुधबार राति आफ्नै जन्मभूमि म्यादीको बेगाखोला-९ तिप्ल्याङमा देहत्याग गरे
। शुक्रबार भएको अन्त्येष्टिमा बि्रटिस गोर्खाज् नेपालका कमान्डर कर्नेल एन्डियो वाइलसले कालीगण्डकी घाटमै पुगेर उनको पार्थिव शरीरमा 'बि्रटिस अफ गोर्खाज्'को झन्डा ओढाएको समाचार नेपाली र बेलायती सञ्चारमाध्यममा ठुल्ठूला अक्षरमा छापिए । कालीगण्डकी घाटमा कर्नेल एन्डिओले भिसी पुनलाई बि्रटिस गोर्खाज्को झन्डा ओढाएर सम्मान गरिरहँदा भिसी पुनको साथमा बेलायतले दिएको भिक्टोरिया क्रस पदक थिएन । उनको पदक बेलायती शासकको विन चेस्टर गोर्खा म्युजियममा थियो । आफूले असाधारण वीरता देखाएर प्राप्त गरेको भिसी पदक छातीभरि लगाएर मर्ने उनको सपना पूरा भएन, न उनले जीवनको अन्तिम समयमा आफ्नो पदक हेर्न पाए । बाँचुन्जेल भिसी पुनको बेवास्ता गर्ने कर्नेल एन्डिओहरू मृत्युपछि बि्रटिस अफ गोर्खाज्को झन्डा बोकेर कालीगण्डकी पुग्नु एउटा ठूलो प्रहसनबाहेक अरू केही थिएन । प्रत्येक भिसीको मृत्युमा यस्तो प्रहसन दोहोरिइरहेको छ ।सन् १९४० बेलायत अधिनस्थ भारतीय सेनामा भर्ती भएका भिसी पुनले १०११९ नम्बर सिक्स गोर्खा राइफल्समा कार्यरत रहँदा २३ जुन १९४४ मा भएको बर्माको मकाउको रेल्वेपुलमा जापानी सैनिकसँगको युद्धमा घाइते अवस्थामा पनि एक्लै लडेर जापानी सैनिकलाई परास्त गरेका थिए । र, जापानीका अत्याधुनिक हतियार पनि खोसेका थिए । त्यही युद्ध जितेबापत १ जनवरी १९४५ मा नयाँदिल्लीको लालकिल्ला लर्ड ओझेलमा विशेष कार्यक्रम गरी यो तक्मा उनलाई प्रदान गरिएको थियो ।
0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):
Post a Comment