भारत २८ वर्षपछि फेरि वन डे क्रिकेटको विश्वविजेता भएको छ ।

राजु घिसिङ
भारत २८ वर्षपछि फेरि वन डे क्रिकेटको विश्वविजेता भएको छ । मुम्बईको वानखडे स्टेडियममा श्रीलंकालाई ६ विकेटले पन्छाएर भारत दोस्रोपल्ट  विश्वविजेता भएको हो । भारतले श्रीलंकाले दिएको २ सय ७५ रनको लक्ष्य १० बल बाँकी छँदै भेटाएको थियो । कप्तान महेन्द्रसिंह धोनीले चौथो विके टका लागि गौतम गम्भीरसँग १ सय ९ रन सझेदारी गर्दै फाइनलमा भारतको जितको आधार तय गरेका थिए । धोनी ९१ रनमा नटआउट रहे भने  गम्भीर ९७ रनमा पेबेलियन फर्किए । यसअघि लगातार दोस्रोपल्ट फाइनल खेलिरहेको श्रीलंकाले सुस्त सुरुवात गर्दैर् माहेला जयबर्द्धनेको १ सय ३ रन  सहयोगमा सम्मानजनक स्कोर बनाएको थियो ।

छिमेकी श्रीलंकामाथिको जितसँगै भारतले तीन कीर्तिमान बनाएको छ । घरेलु मैदानमा विश्वकप उपाधि जित्ने भारत पहिलो राष्ट्र पनि भयो ।  फाइनलमा २ सय ५० रनभन्दा माथिको चुनौती पार गर्ने पनि भारत एकमात्र टिम हो । फाइनलमा कुनै पनि खेलाडीले शतक आत्मसात् गरेको  टिमलाई यसअघि कसैले पनि हराउन सकेको थिएन ।

अस्टे्रेलिया र वेस्ट इन्डिजपछि दोहोर्‍याएर विश्वकप जित्ने भारत तेस्रो देश हो । सन् १९८३ मा वेस्ट इन्डिजलाई अविश्वसनीय रुपमा ४३ रनले हराएर  कपिलदेवको नेतृत्वमा भारतले पहिलोपल्ट विश्वकप ट्रफि चुमेको थियो । छत्तीस वर्ष लामो विश्वकपको इतिहासमा सर्वाधिक सफल अस्टे्रेलिया ६ पल्ट  फाइनल खेल्दै सन् १९८७, १९९९, २००३ र २००७ मा गरी कुल चारपल्ट विश्वविजेता भएको थियो । सुरुवाती दुई संस्करण सन् १९७५ र १९७९ को  विजता वेस्टइन्डिज हो ।

सन् २००३ को फाइनलमा अस्टे्रेलियासँग १ सय २५ रनको फराकिलो अन्तरले हारेको भारतको सफलतासँगै वन डे क्रिकेट फेरि लोकपि्रय हुने अपेक्षा  गरिएको छ । ट्वान्टी-२० ले छोटो समयमै पाएको लोकपि्रयता र असली क्रिकेटको प्रतिस्पर्धा टेस्टको ओझेलमा पर्दै गएको थियो, वन डे । वन डेको  आलोचना हुनु र लोकपि्रयता घट्नुमा १२ बर्षयता अस्टे्रेलियाको एकछत्र राज पनि एउटा कारक थियो ।

यसपल्ट अस्टे्रेलियाली आधिपत्यको अन्त्य भएको छ । यसले वन डे क्रिकेट क्रेजीलाई खुसी बनाएको छ । लगातार चौथोपल्ट विश्वविजेता बन्ने अस्टे्रे लियाको यसपल्टको योजना क्वाटरफाइनलमा भारतले समाप्त पार्‍यो । सन् १९९९ यता विश्वकपमा उसको अपराजित यात्रा पाकिस्तानले समूह चरणको  अन्तिम खेलमै टुंग्याएको थियो ।

सन् २०१५ र २०१९ मा हुने विश्वकपमा टेस्ट खेल्ने १० देशलाई मात्र खेलाउने अन्तराष्ट्रिय क्रिकेट परिषद् -आइसीसी) को निर्णयले भने क्रिकेट क्रेजी  तथा एसोसिएट सदस्यहरूलाई निराश बनाएको छ । विश्वकपमा पहिलोपल्ट यसैपाली दक्षिण एसियाली वर्चस्व रह्यो । बंगलादेश पहिलो चरणबाटै  बाहिरिए पनि बाँकी तीन देश भारत, श्रीलंका र पाकिस्तान अन्तिम चारमा पुगे । सेमिफाइनलमा तीन दक्षिण एसियाली पुगेको पहिलोपल्ट हो । से मिफाइनलमा न्युजिल्यान्ड मात्र दक्षिण एसिया बाहिरको टिम थियो ।

फाइनलका दुवै टिम दक्षिण एसियाली भएको पनि पहिलो नै हो । पाँच वर्षअघि जन्म लिएको ट्वान्टी-२० विश्वकपको सुरुआती दुई संस्करणमा पनि  फाइनलका दुवै टिम दक्षिण एसियाली थिए । सन् २००७ मा भारत र २००९ मा पाकिस्तान च्याम्पियन भएका थिए । आईसीसीको आर्थिक पक्षमा सबै भन्दा बलियो स्रोत भारत हो । त्यसैले भारतको सफलताले क्रिकेटलाई थप उचाई दिने आशा गरिएको छ ।



सर्वाधिक विकेट लिने खेलाडी

खेलाडी/देश     म्याच     रन     वकेट

सइद अपि|mदी -पाकिस्तान)     ८     २७०     २१

जाहिर खान -भारत)     ९     ३९४     २१

टिम सुथी -न्युजिल्यान्ड)     ८     ३१२     १८

रोबिन पिटरसन -दक्षिण अपि|mका)     ७     २३८     १५

मुथ्थैया मुरलिधरन -श्रीलंका)     ९     २९१     १५

युवराज सिंह -भारत)     ९     ३७७     १५

इमरान ताहिर -दक्षिण अपि|mका)     ५     १५०     १४

उमर गुल -पाकिस्तान)     ८     २७२     १४

केमर रोच -वेस्ट इन्डिज्)     ६     १९५     १३

ब्रेट् ली -अस्ट्रेलिया)     ७     २३५     १३



सर्वाधिक रन बनाउने खेलाडी

खेलाडी/देश     म्याच     सर्वाधिक रन     कुल रन

तिलकरत्ने दिलसान -श्रीलंका)     ९     १४४     ५००

सचिन तेन्दुलकर -भारत)     ९     १२०     ४८२

कुमार संगाकारा -श्रीलंका)     ९     १११     ४६५

जोनाथन ट्रोट -इंग्ल्याण्ड)     ७     ९२     ४२२

उपुल थरङ्गा -श्रीलंका)     ९     १३३     ३९५

गौतम गम्भीर -भारत)     ९     ९७     ३९३

वीरेन्द्र सहवाग -भारत)     ८     १७५     ३८०

युवराज सिंह -भारत)     ९    ११३     ३६२

एबी डे भिलर -दक्षिण अपि|mका)      ५     १३४     ३५३

एन्ड्रयु स्ट्रस -इंग्ल्यान्ड)     ७     १५८     ३३४



सन् २०११ को विश्वकप क्रिकेटका कीर्तिमान

एक खेलमा सबैभन्दा बढी रन ः भारतका विरेन्द्र सहवाग । बंगलादेश विरुद्धको खेलमा १ सय ७५ रन ।

सबैभन्दा बढी क्याच ः श्रीलंकाका माहेला जयबर्धने, ९ वटा क्याच ।

सबैभन्दा छिटो शतक ः आयरल्यान्डका केभिन ओब्राइन, ५० बलमा शतक

-इंग्ल्यान्डविरुद्धको खेलमा), यो विश्वकपकै इतिहासको कीर्तिमानी हो ।

सबैभन्दा बढी किफायती बलर ः वेस्टइन्डिजका केमर रोच ३ दशमलव १७ रन प्रति ओभर ।

सबैभन्दा बढी छक्का ः रोस टेलर न्युजिल्यान्ड, १४ छक्का ।

सबैभन्दा बढी चौका ः तिलकरत्ने दिलसान, श्रीलंका ६१ चौका ।

कुल कति शतक हानिए ? ः २४ शतक, सचिन र दिलसान २-२ शतक ।

सबैभन्दा धेरै साझेदारी ः श्रीलंकाका तिलकरत्ने दिलसान र उपल थरंगा, २ सय ८२ रन । जिम्बाबेविरुद्धको खेलमा ।

युवराज सिंहद्वारा विश्वकपको इतिहासमा एउटै खेलमा ५ विकेट लिने र अर्धशतक बनाउने खेलाडीको कीर्तिमान । युवराजले आयरल्यान्ड विरुद्धको खेलमा  ३१ रन दिएर ५ विकेट लिएका हुन् ।

सबैभन्दा कम उमेरका खेलाडी ः क्यानाडाका नितिस कुमार, १७ वर्ष



विश्व कप विश्व कीर्तिमान

सबैभन्दा धेरै स्कोर ः ४१३ रन भारत, सन् २००७ मा बर्मुडा विरुद्ध ।

सबैभन्दा कम स्कोर ः ३६ रन क्यानाडा, सन् २००३ श्रीलंका विरुद्ध ।

सबैभन्दा ठूलो अन्तरको जित ः २ सय ५७ रन भारत, सन् २००७ बर्मुडा विरुद्ध ।

सबैभन्दा कम अन्तरको जित ः १ रन अस्ट्रेलिया, सन् १९८७ भारत विरुद्ध

सबैभन्दा बढी रन ः भारतका सचिन तेन्दुलकर २२७८ रन ।

सबैभन्दा बढी स्ट्राइक रेट ः भारतका कपिल देव ११५.१४ ।

सबैभन्दा छिटो शतक ः आयरल्यान्डका केभिन ओब्राइन, ५० बलमा शतक

-इंग्ल्यान्डविरुद्धको खेलमा) २०११

सबैभन्दा बढी शतक ः सौरभ गाँगुली, मार्क वा, सचिन तेन्दुलकर तथा रिकी पोन्टिङ  ४ शतक ।

सबैभन्दा बढी छक्का ः रिकी पोन्टिङ ३१ छक्का ।

सबैभन्दा बढी स्कोर ः ग्रे क्रिस्टेन १ सय ८८ ।

सबैभन्दा ठूलो साझेदारी ः राहुल द्रविड र सौरभ गाँगुलीबीच ३१८ रन ।

सन् १९९९ मा श्रीलंकाविरुद्ध

सबैभन्दा बढी विकेट ः अस्ट्रेलियाका ग्लेन म्याकग्राथ ७१  विकेट ।

सबैभन्दा बढी क्याच ः रिकी पोन्टिङ २८ क्याच ।

सबैभन्दा बढी खेल भएको मैदान ः हेडिङ्ले मैदान इंग्ल्यान्ड १२ खेल ।

सबैभन्दा पाका उमेरका खेलाडी ः नेदरल्यान्डका नोलान क्लार्क सन् १९९६,

४७ वर्ष २ सय ५७ दिन ।

धेरै म्याचमा क्याप्टेन हुने ः अस्ट्रेलियाका रिकी पोन्टिङ २९ खेलमा ।



जो बने नायक

युवराज सिंह -भारत)

एक वर्षयता राम्रो लयमा नरहँदै विश्वकप टिममा स्थान पाउँदा युवराज सिंहले कडा आलोचना बेहोर्नुपरेको थियो । विश्वकपताका मध्यक्रममा उत्कृष्ट  ब्याटिङ र प्रभावकारी बलिङ गर्दै उनले आफ्ना आलोचकहरूको मुख बन्द गरे । ३० वषर्ीय युवराजले भारतका लागि चाहिएको बेला रन मात्र बनाएनन्,  विपक्षीलाई पवेलियनको बाटो पनि देखाए । चारपल्ट म्यान अफ द म्याच भएका युवराजले एक शतक र चार अर्धशतक प्रहार गर्दै ३ सय ६२ रन  बनाए । यी बायाँ हाते स्पिनरले १५ विकेट पनि लिए । अलराउन्ड प्रदर्शनले उनी म्यान अफ द सिरिज नै चुनिए ।

सहिद अपि|mदी -पाकिस्तान)

विश्वकप सुरु हुनुअघिसम्म पनि सहिद अपि|mदी पहिले ब्याट्सम्यान र त्यसपछि मात्र बलरका रूपमा चिनिएका थिए । दोस्रोपल्ट दक्षिण एसियामा आयो जित विश्वकपले उनको पहिचान ठ्याक्कै उल्टाइदियो । अब उनी पहिले बलर र त्यसपछि ब्याट्सम्यान भएका छन् । अपि|mदीले विश्वकपमा सर्वाधिक २१  विकेट लिए । एउटै खेलमा उनले दुईपल्ट ५ र दुईपल्टै ४ विकेट पनि हात पारे । उनले दिएको प्रत्येक १२ रनमा विकेट लिएका छन् । ३२ वषर्ीय  अलराउन्डर अपि|mदीकै जादुयी प्रदर्शनले पाकिस्तानले अन्तिम चारसम्मको यात्रा गरेको थियो । यी स्पिनरले विश्वकपबाटै वन डेमा ३ सयौं विकेट पनि  पार गरेका छन् ।

थारांगा र दिल्सान -श्रीलंका)

अधिकांश खेलमा टिमको भाग्य ओपनरमा निर्भर हुन्छ । श्रीलंकाली उपुल थारांगा र तिलकरत्ने दिल्सानले विश्वकपबाट विश्वकै उच्चकोटीको ओपनर  जोडीको पहिचान बनाएका छन् । उनीहरूले दुईपल्ट २ सय रनभन्दा बढीको साझेदारी गर्दै जम्मा ८ सय ९५ रन बनाए । आपसमा ४ शतक र ३ अधर् शतक आत्मसात् गर्दै उनीहरूले श्रीलंकालाई तेस्रोपल्ट फाइनलमा पुर्‍याए । ३५ वषर्ीय दिल्सानले यो विश्वकपमा सर्वाधिक ५ सय रन बनाए । ३ सय ९५  रन जोड्दै २७ वषर्ीय थारांगा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको पाँचौंमा रहे ।

जाहिर खान -भारत)

विश्वकपमा भारतीय बलिङलाई सधैं कमजोर मानिन्छ । आठ वर्षअघि अस्ट्रेलियासँग बेहोरेको ठूलो अन्तरको हारको मुख्य कारण पनि फितलो बलिङ नै  थियो । यसपल्ट फेरि उस्तै कमजोरी दोहोरिने धेरैको शंका  थियो । ब्याट्सम्यानको बाहुल्य भएको भारतीय टिममा जाहिर खानले बलिङमा समस्या  आउन दिएनन् । तीव्र गतिका यी बायाँ हाते बलरले हरेक क्षण प्रेरणादायी बलिङ गरे । फाइनलमा २ सहित कुल २१ विकेट लिूदै ३३ वषर्ीय खानले सवार् धिक विकेट लिने अपि|mदीको कीर्तिमानसँग बराबरी गरे । भारतलाई आवश्यक परेको स्थितिमा उनले महत्त्वपूर्ण विकेट लिएका थिए ।

सचिन तेन्दुलकर -भारत)

मास्टर ब्लास्टर सचिन तेन्दुलकरले विश्व क्रिकेटमा ब्याटिङका धेरै कीर्तिमानमा आफ्नो नाम लेखाएका छन् । तैपनि उनले विश्वकपको उपाधि  आत्मसात् गर्न २१ वर्ष कुर्नुपर्‍यो । यसबीच ६ विश्वकप भए । करियरको अन्तिम विश्वकप जित्ने क्रममा उनले भारतका लागि सर्वाधिक ४ सय ८२  रनको योगदान गरे । आकर्षक रूपमा ५३ दशमलव ५५ को औसतमा रन जोड्ने ३८ वषर्ीय सचिन दसौं विश्वकपमा सर्वाधिक रन बनाउनेहरूको सूचीमा  दोस्रोमा रहे । ८ छक्का र ५२ चौका प्रहार गर्दै उनको स्ट्राइक रेट ९१ दशमलव ९८ रह्यो । उनले २ शतक र उति नै अर्धशतक बनाए । विश्वकपमा  सर्वाधिक रनको कीर्तिमान पनि उनले २ हजार २ सय ७८ पुर्‍याए ।



विश्वकपका सुपर फ्लप

रिक्की पोन्टिङ

पाँचपल्ट विश्वकप खेल्ने क्रममा रिक्की पोन्टिङले विश्वकपको ५ संस्करणमा कुल १ हजार ७ सय ४३ रन बनाएका छन् । यसपल्ट उनको प्रदर्शन बिसर् नलायक रह्यो । विगतका चार विश्वकपमा सर्बाधिक रन बनाउनेहरूको सूचीमा पहिलो नम्बरका लागि प्रतिस्पर्धा गर्ने पोन्टिङ यसपल्ट ३४ औं स्थानमा  रहे । लगातार तीनपल्ट विश्वकप ट्रफी चुमेका ३७ वषर्ीय कप्तान पोन्टिङले यसपल्ट ७ खेलमा २ सय ६ रन मात्र बनाए । प्रेरणादायी प्रदर्शन गर्न  असफल पोन्टिङले एक शतक मात्र हाने । बाँकी ५ खेलमा भने उनको ब्याटिङ चलेन । विश्वकपमा अस्टे्रेलियाको अपराजित यात्रा पनि ३४ खेलमै  टुंगियो । अस्टे्रेलियाले १२ बर्षयताकै सबैभन्दा खराब प्रदर्शन गरेपछि उनी कप्तानबाट राजिनामा दिन बाध्य भए ।

क्रिस गेयल

वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान क्रिस गेयल विश्व क्रिकेटकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनी फ्ल्याट पिचमा वेस्ट इन्डिजको टिमको ब्याटिङ  आधार रहँदै आएको छ । तर उनी यसपल्ट जम्न सकेनन् । ५ खेलमा उनले १ सय ७० रन मात्र जोड्न सके । त्यसमध्ये ८० रन कमजोर मानिएको ने दरल्यान्ड्सविरुद्ध प्राप्त भएको थियो । उनले बिर्सनलायक प्रदर्शन गरेपछि मुस्किलले समूह चरण पार गरेको वेस्टइन्डिजलाई अन्तिम आठमा पाकिस्तानले  १० विकेटले हराएको थियो ।

हरभजन सिंह

भारतमा 'सरदार अफ स्पिन' का रूपमा ख्याति कमाएका छन्, हरभजन सिंहले । विश्वकपमा उनले भारतीय बलिङ आक्रमण सम्हाल्ने अपेक्षा गरिएको  थियो । तर उनी स्पिनलाई सहयोग गर्ने फ्ल्याट विकेटमा पनि असफल भए । उनले नौ खेलमा ९ विकेट मात्र लिन सके । उनको उत्कृष्ट प्रदर्शन ३-५३  रह्यो ।

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):