मिसेज नेपालको रमझम




आदर्श नेपाली नारीको छवि बयान गर्न सोधिएको निर्णायक प्रश्नको उत्कृष्ट उत्तर दिएर रोजिना गुरुङले
मिसेज नेपाल-२०११ को मुकुट  पहिरिएकी छिन्। मिसेज ट्यालेन्टको उपाधि पनि रोजिनाकै पोल्टामा गयो। फस्ट रनर्सअपतर्फ अर्चना शर्मा विजयी भइन् भने बेबीजोन  भण्डारीले सेकेन्ड रनर्सअपमा आफ्नो नाम दर्ता गरिन्।

गत शनिबार सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न मिसेज नेपाल-२०११ को आरम्भ सहभागी २२ जना प्रतिस्पर्धीको स्वागत नृत्यबाट  भएको थियो। त्यसलगत्तै सहभागीहरूले साडीमा सजिएर आ-आफ्नो परिचय दिएका थिए। ई-प्लानेटको आयोजना तथा पूर्व मिस नेपाल  सुगरिका के.सी.को कोरियोग्राफीमा सञ्चालित विवाहित महिलाहरूबीचको उक्त प्रतियोगिताको दोस्रो राउन्डमा सहभागीहरू कल्चरल  राउन्डमा प्रस्तुत भएका थिए।


त्यसपछि उत्कृष्ट १२ चयन, प्रश्नोत्तर चरण र अन्ततः उत्कृष्ट ६ जनाको चयन तथा निर्णायक प्रश्नको उत्कृष्ट लिखित उत्तरका आधारमा  मिसेज नेपाल- २०११ को चयन प्रक्रिया टुङ्गिएको थियो। प्रतियोगितामा उमा बराल थापाले मिसेज कल्चरलको उपाधि जितिन्। उनले नै मिसेज  पङ्चुयलको उपाधि पनि हात पारिन्। अन्य उपाधिहरूतर्फ प्रेक्षा श्रेष्ठले मिसेज पपुलर, सारिका श्रेष्ठले मिसेज इन्फ्लुएनसियल, सपना श्रेष्ठले  मिसेज ब्युटिफुल, लक्ष्मी क्षेत्रीले तामाङ मिसेज फोटोजेनिक, रमा रायमाझी थापाले मिसेज अपडेटेडको एवार्ड प्राप्त गरे।साभार कान्तिपुर साप्ताहिक .

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):