अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली सुन्दरी


‘मिस ग्लोबल २०१०’ सेलिना मोक्तान दक्षिण कोरियाको सिओलमा हुने अन्तरराष्ट्रिय प्रतियोगिताका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
मिस ग्लोबल प्रतियोगिताकी उपाधि विजेता सेलिना आइतबारदेखि १३ दिनसम्म हुने ‘मिस ग्लोबल ब्युटी क्विन २०११’ प्रतियोगितामा भाग लिन त्यसतर्फजान लागेकी हुन् ।
गोल्डेन गेट कलेजमा वातावरण विज्ञानमा बीएससी अध्ययन गरिरहेकी सेलिना ग्रुप अफ इभेन्ट इन्टरटेनरको संयोजनमा कोरिया जान लागेकी हुन । सेलिनाले त्यहाँ नेपाली सांस्कृतिक नृत्य पनि प्रस्तुत गर्नेछिन । उनलाई पूवमिस नेपाल जेनिशा मोक्तानले प्रशिक्षण दिएकी छिन् ।

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):