" जिउदो लाश "

छैनन् म संग त्यस्तो कुनै शब्द ,जुन शब्दले तिमीलाई
 मेरो माया र प्रेमको अभिव्यक्ति महसुस गराउन सकोस I

 छैनन् म संग त्यस्तो कुनै सक्ति, जुन सक्तिले केहि क्ष्येणको लागि
भए पनि तिम्रो याद र कल्पनालाई भुलाउन सकोस II

छैन रहेछ यहाँ त्यस्तो कुनै चिसो पानी, जुन पानीले
तिम्रो यादले जलेर तातो कोइला भएको यो मनलाई जिउदो लाश हुन बाट बचावोस I

छैन रहेछ दुनियामा त्यस्तो कुनै संसार , जुन संसारमा तिम्रो याद र सम्झनालाई
छोड्नुको लागि, पहिले आफुले आफैलाई छोड्नु नपरोस III

                    रचना  : भिम थापा(मगर)
 


0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):