" सन्देश तिमीलाई "

फूल जस्तै फूलीदेउ तिमी
काँडा झै तिख्रेर होईन ,
प्रेमीका भई प्रेम गरीदेउ तिमी
धोकेवाजले झै धोका दिएर होइन ।


पुर्णीमाको जुन भई झुलिदेउ तिमी 
औँसीको रात झै रातिएर होइन,
शितलुको छहारी भई छाईदेउ तिमी 
ढलेको रुख झै सुकेर होइन ।।


खरको झुपडीमा बाँच्न सिकिदेउ तिमी 
धनको महलमा मात्र होइन ,
आँशुको क्षेणमा पनि रम्न सिकिदेउ तिमी
क्षेणिक हाँसोको पलमा मात्र होईन ।।।


विवश तामाङ  "पागल प्रेमी"
घर्तीछाप-7,काभ्रेपलान्चोक


0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):