अस्मिता त नबेच भो !!!


भोकै पेट बस्ने बरु , अस्मिता त नबेच भो,
खराने घस्ने बरु, अस्मिता त नबेच भो

अस्मिता जोगाउदा मर्नु पर्छ भने सहनु,
घामको किरण खानु  बरु, अस्मिता त नबेच भो,

भोक भोकै मर्नु परे, खोक्रिएको भोको पेटलाई
पटुकीले कस्ने बरु,अस्मिता त नबेच भो 

पुँजीवादी समाजले  गरिव बाँच्ने ठाउँ नहुँदा
सामन्ती लाई डस्ने बरु , अस्मिता त नबेच भो


साहिल सलामी मगर 
बाग्लुङ्ग, नेपाल



0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):