कुरा यौनसुखको

                                                           


 आज पनि हाम्रो सामाजिक परिवेशमा महिलाको यौन सन्तुष्टिलाई गौण मानिन्छ । यौनलाई सानै उमेरदेखि नै उसका लागि वर्जित विषय मानेर यस विषयमा कुरा गरिँदैन । विवाहपछि मात्र यस विषयमा बुझ्नु राम्रो हुने कुरा उसलाई बताइन्छ । विवाहपछि यौन सन्तुष्टिका बारे मा महिला पक्षको जिज्ञासालाई उनको चरित्रसित जोडेर हेरिएको पाइन्छ । यहाँसम्म कि यौनप्रति महिलाको पहल पनि पुरुषका लागि सहज रूपमा स्वीकार्य भएको पाइँदैन । लालनपालनकै अवस्थादेखि यौन महिलाको प्राथमिक कुरा नभएको बुझाइनु पनि त्यसको कारण हुन्छ । हाम्रो समाजमा युगल जोडीका बीच यौन अनुभवका बारेमा चर्चा गर्नु आज पनि वर्जित विषय मानिन्छ, जसका कारण यो एउटा चिन्ताको विषय बन्न पुग्छ ।
दाम्पत्य जीवनमा यौन सम्बन्धले जति महत्त्व राख्छ त्यति नै यसका वर्जित पक्षहरू पनि छन् । एउटा डर, लाजको अनुभूति- आज पनि कैयन् युगल जोडीमा यौनलाई लिएर अनेक भ्रम पाइन्छ । यिनै कारणले गर्दा श्रीमान्-श्रीमती न आपसमा यस विषयमा खुला रुपले चर्चा गर्छन् न त यससित जोडिएका समस्याहरूमा विशेषज्ञसँग परामर्श लिने उत्सुकता नै देखाउँछन् । त्यसमा पनि पुरुषहरूले आफ्नो कमी कमजोरीलाई लुकाउँछन् । एक सर्वेक्षणअनुसार भारतमा लगभग ७२ प्रतिशत श्रीमान्-श्रीमती यौन असन्तुष्टिका कारण आफ्नो वैवाहिक जीवनबाट सुखी छैनन् । मनोवैज्ञानिकहरूका अनुसार जब महिलाहरू आफ्नो कुनै समस्या लिएर उनीहरूकहाँ आउँछन् र उनीहरूसँग उनीहरूको यौन सम्बन्धका बारेमा सोधिन्छ तब पाँच जनामध्ये एक जना माहिला यस विषयमा कुरा गर्न अस्वीकार गर्छिन् । यहाँसम्म कि अर्कोपटक भिजिट गर्न त्यहाँ आउँदा पनि आउँदिनन् । कानुनविद्हरूका अनुसार २० प्रतिशत सम्बन्ध बिच्छेदको कारण यौन जीवनको असन्तुष्टि हुने गरेको छ । पुरुषहरू यौनबर्द्धक औषधी लिएर पनि यौन क्रियामा सन्तुष्ट हुन नसकेर तनावमा रहन्छन् । पुरुषहरू आफ्नो यौनजन्य असन्तुष्टिका बारेमा चुप लागेर बस्छन् भने महिलाहरू आफ्नो शारीरिक इच्छा व्यक्त गर्न नसकेर हीनताबोध महसुस गर्छन् । यिनै कारणले वैवाहिक सम्बन्धमा दूरी बढ्न थाल्छ, जुन तुरुन्तै देखा पर्दैन तर समयसँगै यसको प्रभाव देखिन्छ । एसिया प्यासेफिक सेक्सुयल हेल्थ एन्ड ओवरअल वेलनेसद्वारा एसिया प्यासेफिक क्षेत्रको १२ देशमा गरिएको एक अनुसन्धानअनुसार यस क्षे त्रमा ५७ प्रतिशत पुरुष तथा ६४ प्रतिशत महिला आफ्नो जीवनबाट सन्तुष्ट छैनन् । उक्त अनुसन्धानमा अस्ट्रेलिया, चीन, हङकङ, भारत, इन्डोनेसिया, जापान, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान आदि देशलाई समावेश गरिएको थियो । यो सर्वेक्षण २५ देखि ७४ वर्ष आयुका यौनमा सक्रिय स्त्रीपुरुषमाथि गरिएको थियो । उक्त अनुसन्धानबाट पुरुषमा स्तम्भन्भनको कमी भएका कारण श्रीमान्-श्रीमती दुवैजना यौ नसम्बन्धमा सुखी नभएको देखियो । त्यसो हुनुको कारण ण्यौनका साथै प्रेम, रोमान्स, पारिवारिक जीवन र जीवनसाथीको भूमिका सित पनि जोडिएको छ । जीवनलाई हेर्ने दृष्टिकोण पनि धेरै हदसम्म यौन सन्तुष्टिसित जोडिएको पाइन्छ । सिडनी सेन्टर फोर सेक्सुयल एन्ड रिलेसनसीप थेरेपी, सिडनी, अस्ट्रेलियाका यौन स्वास्थ्य चिकित्सक डा. रोजी किङका अनुसार एसिया प्यासे फिक क्षेत्रमा गरिएको उक्त सर्वेक्षणबाट के तथ्य अगाडि आएको छ भने यौन जीवन सन्तुष्टिदायक भए नै व्यक्ति पूर्णरूपले स्वस्थ रहन सक्छ । आजको व्यस्त जीवनमा यौनसम्बन्ध करियरको तुलनामा कम प्राथमिकताको विषय हुने गरेको छ । फलस्वरूप पुरुष र महिला दुवैमा यौन असन्तुष्टि उच्चस्तरमा पाइन्छ । यसको मुख्य कारण श्रीमान्पत्नी दुवै आपसमा जोडिनु तथा चिकित्सकसित यस विषयमा चर्चा नगर्नु हो । यौनसम्बन्धको प्रभाव जीवनको अन्य पक्षमा पनि पर्ने भएकाले यस विषयमा बोल्न उत्साहित गर्नुपर्छ । जीवनको यो महत्त्वपूर्ण पक्षलाई बेवास्ता गरेर युगल जोडी जहाँ एकातिर तनावको सिकार भैरहेका छन् त्यहीँ सन्तुष्टिदायक सम्बन्ध नभएका कारण उनीहरूको जीवनका अन्य पक्ष पनि प्रभावित भैरहेका हुन्छन् । स्वास्थ्यका साथै उनीहरूको सोच र जीवनशैलीमा पनि प्रभावित हुन्छ । यौन सन्तुष्टि स्वास्थ्यका साथै प्रेम र रोमान्ससित पनि जोडिएको हुन्छ । कामसूत्रको भूमि भारतमा जहाँ मूर्तिहरूमा समेत दशकौं पहिले नै यौनक्रिडासित जोडिएका विभिन्न भंगिमाहरू कुँदिएको पाइन्छ, त्यहीँ आज पनि आफ्नो यौन अनुभवका बारेमा कुरा गर्नु एउटा संकोचको विषय बन्ने गरेको छ । एक अनुसन्धानअनुसार भारतीय पुरुषको जीवनमा यौनको प्राथमिकता १७ औं नम्बरमा तथा महिलाको १४ औं नम्बरमा परेको देखियो । ड्युरेक्स सेक्सुयल बेलबिइङ ग्लोबल सर्भेअनुसार भारतीय पुरुष र माहिलाहरू आफ्नो यौन जीवनबाट सन्तुष्ट छैनन् । चरम सुखसम्म पुग्नु मुख्य लक्ष्य भए पनि मात्र ४७ प्रतिशत भारतीय आफूलाई चरम सुख प्राप्त भएको बताउँछन्, जबकि यस्ता महिलाहरू पनि छन् जसलाई चरम सुख के हो भन्ने कुराको जानकारी समेत छै न । कारण महिलाहरू त्यो स्थितिम्म पुग्न पुरुषको तुलनामा दस गुणा बढी समय लगाउँछन् । पुरुष तीन मिनेटमा सन्तुष्ट हुन्छ र यो स्थितिमा उसले महिलाको चरम सुख प्राप्तिका लागि प्रतीक्षा गर्न सक्दैन । श्रीमान-श्रीमतीका बीच मानसिक लगाव नहुनु पनि यौन असन्तुष्टिको कारण हो । आपसमा निकटताको आभास नहुनु, एक-अर्कालाई सम्मान नगर्नु पनि सन्तुष्टिको बाधक हो । यौनका बारेमा खुलेर कुरा नगर्नु वा असहमत हुनुले पनि यौन क्रियालाई मेसिन सरह बनाउन सक्छ । जीवन साथीसमक्ष आफ्नो इच्छा जाहेर गरेर यौनलाई सुखद् बनाउन सकिन्छ कारण यो न त कुनै काम हो न कुनै मेसिन सरहको व्यवस्था, यो त वैवाहिक जीवनलाई सुखद राख्ने त्यस्तो मजबुत धरातल हो, जसले एक-अर्कालाई प्रेम गर्ने भावनामा पनि वृद्धि ल्याउँछ ।                source :www.ekantipur.com

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):